संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ३ असोज, काठमाडौं ।
  •   नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा हाल देशमा संविधानमाथि गम्भीर आक्रमण भइरहेको दाबी गरेका छन् ।
  • शुभकामना सन्देश जारी गर्दै उनले देशमा उत्पन्न पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका हुन् ।

३ असोज, काठमाडौं । 

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा हाल देशमा संविधानमाथि गम्भीर आक्रमण भइरहेको दाबी गरेका छन् । शुभकामना सन्देश जारी गर्दै उनले देशमा उत्पन्न पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका हुन् । ओलीले नेपाली जनताले ७० वर्ष लामो संघर्षपछि आफूले निर्वाचित संविधानसभामार्फत बनाएको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै यो संविधान लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशिता र जनताको अधिकार सुनिश्चित गर्ने दस्तावेज भएको उल्लेख गरेका छन् ।

उनले संविधान निर्माणको क्रममा भोगिएको भारतीय नाकाबन्दी र अन्तर्राष्ट्रिय दबाबलाई जनताको ऐक्यबद्धताले परास्त गरिएको भन्दै भने, ‘नेपालको संविधान नेपाली जनताले आफैंले आफ्ना लागि लेखेको भविष्य रेखा हो ।’ ओलीले संविधान जारी भएपछि देश विकासको बाटोमा अघि बढेको र नेपाललाई भूजडित बनाउने योजना अनुसार उत्तर–दक्षिण यातायात पूर्वाधार निर्माण भइरहेको स्मरण गराए । उनले चीनसँग यातायात पारवहन सम्झौता, विकास संरचनाको जग बसाल्ने र अर्थतन्त्र सुदृढ बनाउने प्रयास भइरहेकामा जोड दिए ।

तर पछिल्लो समय जेन–जी आन्दोलनको नाममा भएको हिंसात्मक घटनालाई लिएर उनले गम्भीर आपत्ति जनाएका छन् । ‘शान्तिपूर्ण हुने भनिएको प्रदर्शनमा षड्यन्त्रकारी घुसपैठ भयो, जसले हिंसा मच्चायो र युवाहरुको ज्यान गयो,’ओलीले भने, ‘सरकारले गोली चलाउने आदेश दिएको थिएन, प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको भन्दै यसको छानबिन आवश्यक छ ।’

ओलीले प्रधानमन्त्रीबाट आफ्नो राजीनामापछि सिंहदरबार, नेपालको नक्सा, जनप्रतिनिधि संस्था, राजनीतिक दलका कार्यालय र नेताहरूको निजी सम्पत्तिमा हमला भएको उल्लेख गरे। उनले यी सबै घटनालाई नेपालको सार्वभौमसत्ता र संविधानमाथिको सुनियोजित प्रहारको रूपमा व्याख्या गरेका छन् ।

‘देश बिग्रेको काल्पनिक भाष्य बनाएर आक्रोश विस्तार गरिएको हो त? समयले यसको उत्तर दिनेछ,’ उनले भने। ओलीले देशको सार्वभौमसत्ता इतिहासमै सीमित हुने खतरा औंल्याउँदै नेपाली युवाहरुलाई चेतावनी दिएका छन्। उनले काजी भीम मल्लको उदाहरण दिँदै, ‘देश बनिरहेको बेला भावनामा बगेर गरेको निर्णयले पछुतो बाहेक केही बाँकी राख्दैन,’ उनले भने।

उनले सबै नेपालीलाई एकजुट भएर संविधानको रक्षाका लागि उभिन आह्वान गरे। ‘संविधान हाम्रो स्वतन्त्रताको कवच हो, सार्वभौमसत्ता हाम्रो अस्तित्व। संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं,’ ओलीको अपील थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओखलढुंगामा चट्याङले ६ वर्षभित्र १२ को मृत्यु, २४ घाइते
मिश्र र राणालाई रिहा नगरे आन्दोलन गर्छौँ : पशुपतिशम्सेर
सरकारी वकिल कार्यालयबाटै हत्कडीसहित महिला कैदी फरार
३३ करोडभन्दा बढी झ्वाम पार्ने एमडी संगीता पहाडीलाई २ लाख धरौटीमा रिहा
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन्: एमाले
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत छ, पुनर्विचार गरिनुपर्छ: गगन थापा
इरानलाई हराउँदै नेपाल फाइनलमा
शिक्षकहरू फेरि सडक आन्दोलनमा, निवृत्तिभरण सम्बन्धी अध्यादेश खारेजको माग
पूजामा जान्छु भनेर हिँडेका पुरुषको श*व खोलामा भेटियो