प्रधानमन्त्री प्रचण्ड ल्हासामा, कैलाश मानसरोवर भ्रमण गर्ने

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन १०, २०८०
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १० असोज, काठमाडौं ।
  • चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासा पुगेका छन् ।
  • सिचुआन एअरलाइन्स मार्फत स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित गोंगार विमानस्थलमा अवतरण गरेका हुन् ।

१० असोज, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासा पुगेका छन् ।

सिचुआन एअरलाइन्स मार्फत स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित गोंगार विमानस्थलमा अवतरण गरेका हुन् । गोंगार विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ टोलीले सांस्कृतिक झाँकीसहित स्वागत गरेको थियो । आज साँझ प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड आजै साँझ वाङले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन् । तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर एवं कैलाश पर्वत र ल्हासाका लागि नेपालको महावाणिज्यदूतको कार्यालय भ्रमण गर्ने कार्यक्रम छ ।प्रधानमन्त्री प्रचण्डका साथ परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद, खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वाला लगायत छन् । प्रधानमन्त्री प्रचण्ड ल्हासाबाट ३० सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टेलिकमको सेवा सुधार गर्न सञ्‍चारमन्त्रीको निर्देशन
चितवनमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु
विदेश पठाउने भन्दै २२ लाख ठगेको आरोपमा २ जना पक्राउ
जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण ,33 जनाको मृत्युः हमास
गृहमन्त्रीले राजीनामा नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने प्रतिपक्षको चेतावनी
सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको स्थापना
हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस।
पत्रकार महासंघ चुनाव : पाँचवटा संगठनको साझा उम्मेदवार बने प्रेस सेन्टरका कमल गिरी