विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन १२, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • १२ असोज, गोरखा ।
  • जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् ।
  • कास्की कारगारका सात, केन्द्रीय कारागार जगन्नाथदेवलका तीन जना कैदीबन्दी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

१२ असोज, गोरखा ।

जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । कास्की कारगारका सात, केन्द्रीय कारागार जगन्नाथदेवलका तीन जना कैदीबन्दी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार जेनजी प्रदर्शनका क्रममा तनहुँ कारागारबाट भागेका एक र बालसुधार गृह सानोठिमी भक्तपुरबाट भागेका एक जना कैदीबन्दीलाई पनि पक्राउ गरी आवश्यक प्रक्रिया पुरा गरेर सम्बन्धित कारगार तथा सुधार गृहमा पठाइएको छ ।

कास्की कारागारबाट भागेर गोरखा आइपुगेका विक्रम नेपाली, तेन्जिङ रिग्देल लामा, छेवाङ रिजिन लामा, सोनाम ल्याल्जेन लामा, बाबुराम नेपाली, राजेश विश्वकर्मा सुनार र सोनामा दोर्जे लामालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक विकले बताए । केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका भरत ठकुरी, सुमन सुनदास र भुवन तामाङलाई पक्राउ गरेर सम्बन्धित कारागार चलान गरिएको छ । त्यस्तै तनहुँ कारागारबाट भागेका विशाल उपरकोटी र बालसुधार गृह सानोठिमी भक्तपुरबाट भागेकी सुस्मा मग्रातीलाई गोरखाबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक  विकले पक्राउ परेका सबैलाई केही समय जिल्ला प्रहरी कार्यालय गोरखाको थुनुवा कक्षमा राखी कानुनी प्रक्रिया पुरा गरेर सम्बन्धित कारागार चलान गरिसकिएको जानकारी दिए। “गोरखाबाट पक्राउ परेकामध्ये अधिकांश गोरखा घर भएका र केही जिल्ला बाहिर घर भएकाहरू छन्”, उनले भने । प्रदर्शनका क्रममा भागेका कैदीबन्दीको सूचनासहित विस्तृत विवरण सङ्कलन भइरहेकाले खोजी कार्य जारी रहेको उनले बतए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनिर्वाचित सांसदहरूको झोलामा के छ ?
बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
सरकारले जिउँदै छोडेको छ, यही मेरो जित हो; लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ : रवि लामिछाने
भोजपुरमा विद्युत् सेवा विस्तार
मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते
कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा
आजको मौसम: मुलुकभर तापक्रम घट्ने क्रम जारी
प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का
संसदमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदै