सरकारले जिउँदै छोडेको छ, यही मेरो जित हो; लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ : रवि लामिछाने

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र १८, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   १८ चैत, काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइको सरकाले आफूलाई जिउँदो छोड्नु नै खुशीको कुरा भएको बताएका छन् ।
  • आजबाट पार्टीको जिम्मेवारीमा फर्किएका सभापति लामिछानेले केन्द्रीय समिति बैठकअघि पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।
  • सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन, जुनसुकै तराजुमा तौलन तयार छु ।

 

१८ चैत, काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइको सरकाले आफूलाई जिउँदो छोड्नु नै खुशीको कुरा भएको बताएका छन् । आजबाट पार्टीको जिम्मेवारीमा फर्किएका सभापति लामिछानेले केन्द्रीय समिति बैठकअघि पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन, जुनसुकै तराजुमा तौलन तयार छु । अदालतको आदेशको अपव्याख्या गरेका छन् । दुई तिहाइको सरकारले जिउँदै छोडेको छ यही मेरो जित हो ।’ सभापति लामिछानेले भने, ‘यो डराउँछ भन्ने लागेको होला तर म लड्छु ।

तर लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ । थप केही मुद्दा लगाउनु छ भने लगाओस् ।’लामिछाने पार्टी जिम्मेवारीमा फर्कने सूचना पाएपछि उनको स्वागतका लागि पार्टी सदस्य र शुभचिन्तकहरूको पार्टी कार्यालयमा बाक्लो उपस्थिति छ । सहकारी ठगी प्रकरणमा लामिछानेको सांसद पद अहिले पनि निलम्बनमा छ । उनको अदालतमा मुद्दा विचाराधीन भए पनि पार्टीको जिम्मेवारीमा फर्कन लागेका हुन् । रास्वपाले पुस ८ गते लामिछानेको ठाउँमा पार्टी उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद् अवरोध खुलाउने सभामुखको पहल, सचेतकसँग छलफल
मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
जलहरीको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार पुनरावेदन
प्रधानमन्त्री ओलीले संसदमा गर्ने सम्बोधन स्थगित
बागमतीमा ३ मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री लामा
फागुन २१ को चुनावः मन्त्रीदेखि निजी क्षेत्रसम्म आचारसंहिताको दायरामा
१०–१५ हजारका जुलुस सधैं निस्किन्छन्, भोलि पनि हुने त्यही हो : प्रधानमन्त्री
आजदेखि संसद् अधिवेशन : शीर्ष नेताले सम्बोधन गर्ने, ३ अध्यादेश पेस हुने
आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै