पाँच महिनामा देशभरबाट ५८ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, पौष २६, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   २६ पुस,  पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
  • अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
  • उनका अनुसार चालु आर्थिक वर्षमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको हो ।

 

२६ पुस,  पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले साउनदेखि मंसिरसम्म पक्राउ परेकोमा सबैभन्दा बढी मधेश प्रदेशका एक हजार पाँच सय ९४ प्रतिवादी रहेका जानकारी दिए । काठमाडौं उपत्यकाबाट एक हजार दुई सय ५३ जना प्रतिवादी पक्राउ परेका छन् ।  कोशीबाट सात सय ३५, बागमतीबाट दुई सय ६५, गण्डकीबाट पाँच सय छ, लुम्बिनीबाट एक हजार ३५, कणालीबाट एक सय ६९ र सुदूरपश्चिम प्रदेशबाट दुई सय ३५ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

केन्द्रीय अनुसन्धान ब्युरोले ५४ जनालाई पक्राउ गरेको छ । उनीहरूबाट ४३ करोड ५ लाख ४२ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ । उनीहरूबाट कुल कैद एक हजार नौ सय ६८ वर्ष नौ महिना आठ दिन भुक्तानी गर्न बाँकी रहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध
नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु
एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता
मौसम पूर्वानुमान : यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेमाथि कारबाही शुरू
प्रदेश सांसद घिमिरे एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित
प्रमुख प्रहरी नायब निरीक्षकविरुद्ध २५ हजार घुस लिएको आरोप
निजामती विधेयकबारे छलफल जारी, आजै पास गर्ने तयारी
आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ?
सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले