प्रधानमन्त्री कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्ने

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन ८, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ८ असोज, काठमाडौं ।
  • प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छिन् ।
  • उनले भोलि (बिहीबार) साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको उनी निकट स्रोतले बताएको छ ।

८ असोज, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छिन् । उनले भोलि (बिहीबार) साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको उनी निकट स्रोतले बताएको छ । सम्बोधनको कार्यक्रमको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ ।

जेनजीहरूले गत २३ र २४ भदौमा गरेको प्रदर्शनको बलमा कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनी नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनमा निर्वाचन घोषणा गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?