बाँकेको बाल सुधारगृहमा झडप

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र ३, २०८१
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • ३ चैत, काठमाडौं ।
  • बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको पश्चिमकै ठूलो जयेन्दु बाल सुधारगृहमा फेरि झडप भएको छ ।
  • जयेन्दु बालसुधार गृहमा झपड, तोडफोड, आगजनी, लुटपाट गर्नेलाई अर्काे मुद्दा लगाउने गरी अनुसन्धान अघि बढाइएको छ ।

३ चैत, काठमाडौं ।

बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको पश्चिमकै ठूलो जयेन्दु बाल सुधारगृहमा फेरि झडप भएको छ । जयेन्दु बालसुधार गृहमा झपड, तोडफोड, आगजनी, लुटपाट गर्नेलाई अर्काे मुद्दा लगाउने गरी अनुसन्धान अघि बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेले हिंसामा उत्रिएका ४० जनालाई बालसुधार गृह पठाएको छ भने २४ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेको छ । पक्राउ परेकालाई झडप, तोडफोड, आगजनी, लुटपाट गर्नेलाई थप मुद्दा लगाउने गरी कारबाही प्रक्रिया अघि बढेको प्रहरीले जनाएको हो । शुक्रबार रातिदेखि भएको झडपमा घाइते भएका सबै जना फर्केका भएका छन् ।

प्रहरीले केही दिनअघि तीन जना प्रहरीलाई कुट्ने ५ जना, शुक्रबार र शनिबार बालसुधार गृहमा झडप, तोडफोड, आगजनी र गाउँमा गएर पसल लुट्नेलाई कसुर अनुसारको कारबाहीका लागि कारागार विभागमा पत्र पठाउने जनाएको छ ।

झडपका क्रममा प्रहरीको एउटा मोटरसाइकल गायव पारिएको छ भने कारागारका कर्मचारीको स्कुटी तोडफोड गरिएको छ । १८ वर्ष उमेर पुगेका जतिलाई नौबस्ता र जिप्रकामा राखिएपछि अहिले बालसुधार गृह शान्त रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?