संविधान जोगाउन माग गर्दै पोखरामा र्याली

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • ३ असोज, पोखरा ।
  • कास्की जिल्ला अदालत बार एसोसिएसनको अध्यक्ष भगवती पहारीले संविधानको रक्षाको लागि खबरदारीको रुपमा शान्तिपूर्ण ¥याली गरेका बताएकी छन् ।
  • संविधान दिवसको अवसरमा आयोजित बृहत शान्ति र्यालीको क्रममा उनले आन्दोलनपछि कतै यो संविधान मर्छ कि भन्ने सबैलाई त्रास भइरहेको भन्दै यो अवस्थामा संविधानलाई जोगाउनु पर्छ भनेर ¥याली गरेको बताइन् ।

३ असोज, पोखरा ।

कास्की जिल्ला अदालत बार एसोसिएसनको अध्यक्ष भगवती पहारीले संविधानको रक्षाको लागि खबरदारीको रुपमा शान्तिपूर्ण ¥याली गरेका बताएकी छन् । संविधान दिवसको अवसरमा आयोजित बृहत शान्ति र्यालीको क्रममा उनले आन्दोलनपछि कतै यो संविधान मर्छ कि भन्ने सबैलाई त्रास भइरहेको भन्दै यो अवस्थामा संविधानलाई जोगाउनु पर्छ भनेर ¥याली गरेको बताइन् । उनले भनिन्, ‘हामीले आज मौन ¥यालीको आयोजना गरेका छौ ।

यो संविधान दिवसको अवसरमा बारले आयोजना गरेको हो । अहिलेको आन्दोलनपछि कतै यो संविधान मर्छ कि सबैलाई त्रास भइरहेको अवस्थामा हामीले यो ¥याली आयोजना गरिरहेका छौ । हुनत संविधान अनुसार नै सरकार गठन गर्ने तयारी भइरहेको छ । तर संविधानमा केही गर्न मिल्दैँन् भन्ने खालको खबरदारीको रुपमा पनि यो ¥याली गरेका हौं ।’ सोही क्रममा पोखरा उच्च अदालत बार एशोसिएशनका अध्यक्ष शालिग्राम भट्टराईले पनि संविधान दिवसको अवसरमा संविधानको रक्षा, भ्रष्टाचारमुक्त समाज र सुशासन कायमको लागि मौन जुलुस गरेको बताए ।

उनले भने, ‘आज संविधान दिवस र संविधानको रक्षा हुनुपर्यो, भ्रष्टाचारमुक्त हुनुपर्यो र सुशासन कायम हुनुपर्यो भनेर हामीले आज मौन जुलुस गरेका छौ । हाम्रो मौन जुलुसमा वरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरु र व्यवसायिक संघ संस्थाहरुबाट पनि सबै उपस्थित हुनुहुन्छ । मेहेनत र बलिदानका साथ बनेको संविधानको रक्षा हुनुपर्छ भन्ने नै हाम्रो मुख्य कुरा हो र संविधानमा संशोधन हुनुपर्ने कुरा पनि हुनुपर्छ र व्यवस्था होईन अवस्था परिवर्तन गर्नुपर्छ भन्ने हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने
सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य
रौतहटमा तीन सवारीसाधन एक आपसमा ठो*क्किदा चालकसहित सात जना घा*इते
बाबर आजमले दिए पाकिस्तान क्रिकेट टीमको कप्तानबाट राजीनामा
नवलपरासी पश्चिममा २ समुदायबीच झडप : रुपन्देहीबाट खटाइयो ५० प्रहरी
कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँ : रवि लामिछाने
रास्वपा सकिएको होइन, बरु अरूलाई सक्काउँछ: रवि लामिछाने
बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस नगर्न सरकारलाई प्रचण्डको चेतावनी
१० अर्बको राहत कोष स्थापना गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय