जेनजी आन्दोलन : आफ्नो प्रदेशका मृतक परिवारलाई मधेश सरकारले साढे २ लाख क्षतिपूर्ति दिने

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ३ असोज, काठमाडौं ।
  • भदौ २३ र २४ गतेको जीनजीको आन्दोलनमा मृत्यु भएका आफ्ना प्रदेशका मृतक परिवारलाई मधेश सरकारले दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
  • मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

३ असोज, काठमाडौं ।

भदौ २३ र २४ गतेको जीनजीको आन्दोलनमा मृत्यु भएका आफ्ना प्रदेशका मृतक परिवारलाई मधेश सरकारले दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका  सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा  घाइते भएकाहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ । प्रदर्शनका क्रममा भएको अकल्पनिय भौतिक र मानवीय क्षतिप्रति दु:ख प्रकट  गरेको छ । जेनजी को शान्तीपूर्ण आन्दोलनमा घुसपैठ भइ सरकारी तथा निजी सम्पत्तिमा गरिएको आगजनी, तोडफोड र क्षतिको घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरी कानूनी कारबाही अघि बढाउनुपर्ने निर्णय बैठकले गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?