सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने जसपाको तयारी

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र ८, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ८ भदौ, काठमाडौँ ।
  • अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने भएको छ ।
  • पार्टीको यसअघि बसेको बैठकले सो निर्णय गरेको हो ।

८ भदौ, काठमाडौँ ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । पार्टीको यसअघि बसेको बैठकले सो निर्णय गरेको हो । सो निर्णयबारे प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइसकिएको उक्त पार्टीका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए । बैठकले  अर्का दुई जनालाई मन्त्रीमा पठाउने निर्णय गरेको समेत उनले बताए ।  सरकारमा मन्त्री रहेका प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाउने र डा.वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय भएको उनले बताए ।

उनले भने– ‘सरकारमा हाम्रो पार्टीबाट मन्त्री रहनुभएका दुवै जना मन्त्रीले भदौ ११ गतेभित्र राजीनामा दिनुहुन्छ, त्यसपछि नाम सिफारिस भएका दुई जना नयाँ मन्त्री सरकारमा सहभागी हुनुहुनेछ ।’ सो पार्टीले एक वर्षका लागि प्रदीप यादव र नवलकिशोर साहलाई सरकारमा पठाएको थियो । उनीहरू एक वर्षभन्दा बढी सरकारमा रहिसकेका छन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर जसपा गठन भएपछि सरकारमा जाने बेला रञ्जु झा (ठाकुर) को नाम पनि विना विभागीय मन्त्रीमा सिफारिस भएको थियो तर उनी विना विभागीय मन्त्रीमा नजाने बरु एक वर्ष कुर्ने भनेकी थिइन् ।  त्यस्तै यसअघि जसपा नेपाल सरकारमा रहेको बेला डा.वीरेन्द्र महतो वनमन्त्री भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् प्राधिकरणको ठेक्का काण्डमा सांसद डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी
तीनकुने घटनाबारे गृहमन्त्री : संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास
एमालेको ५९ जिल्लाको अधिवेशन सम्पन्‍न
पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त
घरजग्गा कारोबारबाट मंसिरमा मात्रै पौने ४ अर्ब राजस्व उठ्यो
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
आईडियल को–एड. एकेडेमीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूका लागि अभीमूखिकरण कार्यक्रम सम्पन्न
एनपीएलको तयारी पूरा, खेल अवधिभर कुनै पनि आन्दोलन नगर्न क्यानको आग्रह
जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन राजावादीको अपिल
मधेस प्रदेशका मुख्यमन्त्री सोनलले २२ गते विश्वासको मत लिने