गोकर्णेश्वरमा महिलामाथि खुकुरी प्रहार, एक जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन २, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २ असोज, काठमाडौं ।
  • गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ ।
  • खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

२ असोज, काठमाडौं ।

गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान सवा ११ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ शिवचोक बस्ने ५१ वर्षीया सीतादेवी पन्तमाथि खुकुरी प्रहार भएको हो । काभ्रेको चौरीदेउराली गाउँपालिका–८ घर भएकी पन्तलाई खुकुरी प्रहार गरेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ३७ वर्षीय कर्णबहादुर तामाङ पक्राउ परेका छन् ।

तामाङले मदिरा सेवन गरी पन्तको कोठामा गएर खुकुरी प्रहार गरेको बताइएको छ । खुकुरी प्रहार गर्नुको यकिन कारण खुलिनसकेको प्रहरीले बताएको छ ।पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ । प्रहरी वृत्त बौद्धको भवन पुरै जलेकाले राख्ने हिरासत नभएकाले परिसर पठाइएको हो ।घाइते महिलालाई उपचारका लागि शंकरापुर अस्पताल नारायणटार पठाइएको छ । ती महिलाको टाउको र दाहिने हातमा चोट लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वविद्यालयले माग अस्वीकार गरेपछि ट्रम्पद्वारा हार्वर्डको दुई अर्ब डलरको कोष रोक्का
तीनकुने प्रदर्शनमा ६० राउन्ड गोली प्रहार, अश्रुग्यास कति ?
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधि गरिँदै
स्वतन्त्र प्रेसलाई जोगाउन सञ्चार जगत् एक हुनुपर्छ : प्रचण्ड
पत्रकार दिलभूषण पक्राउका लागि जारी पुर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै
भोलि मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की छलफलमा
विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिनापछि खुल्यो रहस्य
काठमाडौंबाट रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण
बागमती प्रदेशमा ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन