वीरगन्जको नारायणी अस्पतालमा आगलागी  

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र ३१, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • ३१ भदौ, वीरगन्ज ।
  • वीरगन्जस्थित नारायणी अस्पतालमा आज बिहान आगलागी भएको छ ।
  • अस्पतालको बाल सघन कक्ष (एनआईसियु) सँग जोडिएको सामान भण्डारण कक्ष (स्टोर रुम) मा बिहान ४ बजे आगलागी सुरु भएको हो ।

३१ भदौ, वीरगन्ज ।

वीरगन्जस्थित नारायणी अस्पतालमा आज बिहान आगलागी भएको छ । अस्पतालको बाल सघन कक्ष (एनआईसियु) सँग जोडिएको सामान भण्डारण कक्ष (स्टोर रुम) मा बिहान ४ बजे आगलागी सुरु भएको हो । स्टोरमा रहेको विद्युत् बोर्डमा सर्टसर्किट हुँदा आगलागी भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार बिहान ४ बजे सुरु भएको आगलागीलाई अस्पतालका कर्मचारी, सुरक्षाकर्मी तथा वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको हो । आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको डा. सिंहले जानकारी दिनुभयो । यद्यपि स्टोरमा राखिएका केही अस्पतालका उपकरणमा क्षति पुगेको छ ।

के–के सामग्री जलेका छन् र के–के बाँकी छन् भन्ने विषयमा तत्काल भन्न नसकिने उनले बताए । अस्पतालका कर्मचारीका अनुसार पुरानो विद्युत् तारमा बढ्दो लोडका कारण आगलागी भएको हुन सक्छ । न्युन आय भएका छिमेकी पाँच जिल्ला र सिमावर्ती भारतीय क्षेत्रका बिरामीहरूको उपचारका लागि नारायणी अस्पताल प्रमुख केन्द्रका रूपमा रहेको छ । हाल दैनिक एक हजार दुई सयभन्दा बढी बिरामीले यहाँ उपचार सेवा लिँदै आएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभामा ‘मर्यादासम्बन्धी विधेयक’ अघि बढाउने सांसद भेटिएनन्
हुम्लाको दुर्गम गाउँमा पुग्यो सडक
लोकतन्त्रमा ’वन म्यान आर्मी’को काम छैन : पूर्व मुख्यमन्त्री सिंह
पत्रकार महासंघ चुनाव : पाँचवटा संगठनको साझा उम्मेदवार बने प्रेस सेन्टरका कमल गिरी
४७ हजार नक्कली नोटसहित २ जना पक्राउ
सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक
धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृ*त्यु, सात कैदीबन्दी घाइते
उपभोक्ता भनेको सचेत नागरिकको संकेत हो : सुनिता डंगोल
सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो
जेनजीका माग पूरा नभएसम्म संसद पुनस्थापना गर्न नहुने: राप्रपा प्रमुख सचेतक शाही