बालेनलाई हर्कको प्रतिउत्तर : लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो छ !

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र ३१, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ३१ भदौ, काठमाडौं ।
  • धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई जवाफ फर्काएका छन् ।
  • बालेन्द्रले हर्कलाई सम्बोधन गर्दै आफूलाई जति गाली गरे पनि माया गर्न नछाड्ने बताएका थिए ।

३१ भदौ, काठमाडौं ।

धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई जवाफ फर्काएका छन् । बालेन्द्रले हर्कलाई सम्बोधन गर्दै आफूलाई जति गाली गरे पनि माया गर्न नछाड्ने बताएका थिए । बालेन्द्रले ‘डियर हर्क साम्पाङ’ सम्बोधन गर्दै लेखेका थिए, ‘तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।’

बालेन्द्रको यस स्टाटसको जवाफ दिँदै लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो भएको हर्कले बताएका छन् । उनले लेखेका छन्, ‘लुकेर गेम खेल्दै स्टेटस लेख्नु सजिलो छ ! देशले के कति गुमायो त्यो थाहा छ ? देश रोएको बेला ऊ हाँस्दै बसेको छ ।’ पछिल्ला केही दिनयता हर्कले बालेन्द्रलाई तारो बनाएर लगालग स्टाटसहरू लेखिरहेका छन् ।आफूलाई प्रधानमन्त्री बन्नलाई बालेन्द्रले सहयोग नगरेको आँकलन छ हर्कको । उनी प्रधानमन्त्री बन्न भनेर धरानबाट काठमाडौं आएका थिए । तर, उनी प्रधानन्त्री बन्न सकेनन् । अहिले हर्क धरान फर्किसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?