चुनाव लड्ने दलको संख्यामा उल्लेख्य वृद्धि

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर १४, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • १४ मंसिर, काठमाडौं ।
  • प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न थपिएको समय आज सकिँदैछ ।
  • निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थियो ।

१४ मंसिर, काठमाडौं ।

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न थपिएको समय आज सकिँदैछ । निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थियो । तर, दलहरू दर्ता प्रक्रियामा रहेको र केही दिन समय थप गर्न आग्रह आएको भनेर आयोगले चार दिन समय थप गरेको थियो ।

गत शुक्रबारसम्म १०८ राजनीतिक दल निर्वाचन प्रयोजनका लागि दर्ता भएका थिए । आजसम्म दर्ता हुने राजनीतिक दलले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य चुनावमा भाग लिन पाउनेछन् । गत ४ मंसिर २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भन्दा यसपटक निर्वाचन लड्ने दलको संख्यामा उल्लेख्य वृद्धि भएको छ । त्यसबेला ८४ दलले चुनाव लडेका थिए यसपटक चुनाव लड्ने भनेर दर्ता गराएका दलहरुको संख्या १०८ पुगिसकेको छ । यसमा अझ केही दल थपिन सक्ने अनुमान छ । किनभने, आजसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय नै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले माग्यो आवेदन
सागसब्जी खेतीबाट वार्षिक सात लाख आम्दानी गरिरहेका हिराबहादुर
गुल्मीमा चट्याङ लागेर एक बालिकाको मृत्यु, बाबु–आमा घाइते
जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति
आतंकवादविरुद्ध लडेका पूर्वसैनिकले नै लिए अमेरिकामा १५ जनाको ज्यान
माधव नेपाललाई मुद्दा दायर हुनुमा सरकारको कुनै भूमिका छैन: सञ्चारमन्त्री गुरुङ
विवाह गर्ने उपयुक्त समय र विधि के हो ?
आज गणेश चतुर्थी पर्व मनाइँदै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय (सूचीसहित)
हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५÷२५ गजभित्रका संरचना हटाइने