चाडपर्वमा यात्रु सहजीकरणका लागि सरकारको ६ बुँदे निर्णय

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र ३०, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ३० भदौ, काठमाडौं ।
  •   चाडपर्वको समयमा यात्रुहरूलाई सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न सरकारले विभिन्न निर्णय गरेको छ ।
  •   आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित बैठकमा यी निर्णय गरेको हो ।

३० भदौ, काठमाडौं । 

चाडपर्वको समयमा यात्रुहरूलाई सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न सरकारले विभिन्न निर्णय गरेको छ ।  आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित बैठकमा यी निर्णय गरेको हो ।  मन्त्रालयका सचिव केशव शर्माको उपस्थितिमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत सरोकारवालाहरूको सहभागितामा बैठक सम्पन्न भएको हो।

बैठकले यात्रुहरूका गुनासो तुरुन्त सम्बोधन गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने, उपत्यका बाहिरिने सवारीसाधनहरूको प्राविधिक जाँच गर्ने र यात्रु सहायता कक्ष स्थापना गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ।

यस्तै, आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक सवारीसाधनको क्षतिपूर्तिसम्बन्धी प्रक्रिया अघि बढाउने, ट्राफिक प्रहरीलाई आवश्यक सामग्री उपलब्ध गराउने र हतियार तथा संवेदनशील सामग्रीको सवारीसाधनमार्फत ढुवानी रोक्न तत्काल सूचना जारी गर्ने निर्णय पनि बैठकले गरेको छ। तर, दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउने विषयमा भने बैठकले कुनै निर्णय गरेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्षलाई बोर्डले गर्‍यो कारबाही
खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य, किशोरले लिए ४ विकेट
भीरबाट लडेर गम्भीर घाइते भएकाको हेलिकप्टरमार्फत उद्धार
सुन्सरीको इनर्वामा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
सरकारलाई माओवादीको प्रश्‍न : २ बुँदे सहमति कहिले कार्यान्वयन हुन्छ ?
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी