गृह र कानुन मन्त्रालयको जिम्मा ओमप्रकाश अर्याललाई

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र २९, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २९ भदौ, काठमाडौं ।
  • सुशीला कार्कीले गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याललाई दिएकी छन्।
  •   अधिवक्ता अर्याल नागरिक अधिकार, सुशासन र न्यायालय शुद्धीकरणका अभियानमा पनि सक्रिय छन्।

२९ भदौ, काठमाडौं ।

सुशीला कार्कीले गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याललाई दिएकी छन्।  अधिवक्ता अर्याल नागरिक अधिकार, सुशासन र न्यायालय शुद्धीकरणका अभियानमा पनि सक्रिय छन्।

अर्याल एक निष्ठावान् कानुन व्यवसायीका रुपमा परिचित छन्। उनले लोकमानसिंह कार्कीको नियुक्ति बदर, गिरिबन्धु टी स्टेटको नीतिगत भ्रष्टाचार प्रकरण, संसद विघटनलगायत चर्चित प्रकरणहरूमा सार्वजनिक सरोकारको रिट दायर गरी विधिशास्त्रमा महत्त्वपूर्ण योगदान गरेका छन्। गुल्मीको इस्मा घर भएका उनी पछिल्लो समय काठमाडौँ महानगरपालिकाका कानुनी सल्लाहकार पनि थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?