शव हस्तान्तरण गर्न सुरु, तीनको पहिचानै खुलेन

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २७ भदौ, काठमाडौं ।
  •   भदौ २३ गते जेनजी समूहको प्रदर्शनपछि भड्किएको हिंसामा निधन भएकाको शव परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको छ ।
  •  त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा.

२७ भदौ, काठमाडौं । 

भदौ २३ गते जेनजी समूहको प्रदर्शनपछि भड्किएको हिंसामा निधन भएकाको शव परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जेनजी आन्दोलनमा मृत्यु भएकाको शव पोस्टमार्टम गरेर परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको  जानकारी दिनुभयो ।  उहाँका अनुसार पोस्मार्टम गरेर परिवारलाई शव हस्तान्तरण गर्न सुरु गरिएको हो । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा ३६ वटा शवलाई पोस्टमार्टमका लागि लगिएको थियो ।

डा. चौधरीका अनुसार दुई महिला र एक पुरुषको पहिचान खुल्न सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आन्दोलनमा एक हजार ८७२ घाइते भएका थिए । जसमध्ये एक हजार ४६५ जना उपचारपछि डिस्चार्ज भएका छन्। दुई सय ९९ घाइतेको देशका विभिन्न ६१ अस्पतालमा  उपचारत छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?