चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै

nepaltathya_news nepaltathya_news
|
बिहिबार, जेठ २९, २०८२
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • २९ जेठ, पर्वत ।
  •   चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र भइरहेको छ ।
  • ‘ट्र्याक’ खुलेको १५ वर्षपछि कालोपत्र थालिएको हो ।

२९ जेठ, पर्वत । 

चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र भइरहेको छ । ‘ट्र्याक’ खुलेको १५ वर्षपछि कालोपत्र थालिएको हो । सङ्घीय सरकारद्वारा विनियोजित रु एक करोडको लागतमा सडक कालोपत्र गर्न थालिएको स्थानीय पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

सडक कालोपत्रसँगै टेवा पर्खाल, वर्षाको पानी निकासका लागि नाली निर्माण, ग्याबियन जाली भर्ने र कल्भर्ट निर्माणलगायत काम गत वर्षनै सम्पन्न भएकामा यस वर्षको बजेटले कालोपत्र मात्र गरिएको हो । यो बाटो भएर वालिङ–हुवास सडकसम्म पुग्न सर्वसाधारणलाई सहज भएको छ । स्थानीय पूर्वाधार विकास कार्यालयका इञ्जिनियर रवीन पन्थीका अनुसार चालु आर्थिक वर्षभित्रै कालोपत्रको सम्पूर्ण काम पूरा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूर्यदर्शन ठगी प्रकरण: रवि लामिछाने ६५ लाख धरौटीमा रिहा
पाल्पामा ५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
गृहमन्त्री अर्यालले गरे आईजीपी खापुङलाई बिदाइ
विद्यालय शिक्षा विधेयकका प्रावधान पुनर्विचार गर्न राष्ट्रपति समक्ष नेशनल प्याब्सनको माग
छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र
अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद
रामेश्वर खनालले सम्हाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
मकवानपुरमा ६५ वर्षीय पुरुष मृ*त अवस्थामा फेला
दि ओरिएण्टल इन्स्योरेन्सको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग
संयुक्त जनआन्दोलन समितिको आज बैठक बस्दै