रास्वपा सांसद असीम शाहले दिए सांसद पदबाट राजीनामा

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र २४, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २४ भदौ, काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम शाहले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् ।
  • जेनजीको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको भन्दै उनले त्यसको विरोध र जेनजीको समर्थनमा राजीनामा दिएको बताएका छन् ।

२४ भदौ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम शाहले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । जेनजीको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको भन्दै उनले त्यसको विरोध र जेनजीको समर्थनमा राजीनामा दिएको बताएका छन् । ‘मलाई सांसद पदमा बसिरहन मनले दिँदै दिएन,’ उनले अनलाइनखबरसँग भने । उनले विज्ञप्ति निकालेर संसद् सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराएका छन् । ‘जेनजी आन्दोलनलाई सरकारले दमन गर्ने कार्य, शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउने जस्ता अमानवीय कदम र नागरिक अधिकारमाथिको ठाडो हस्तक्षेप मेरो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको छ,’ उनले लेखेका छन् ।

उनले लेखेका छन्, ‘मैले पटक-पटक सदनमा युवाको आवाज बोलेँ, चेतावनी दिएँ- सडक विद्रोह हुनसक्छ, यदि युवाको भावना बुझिएन भने। तर सरकार चलाउनेहरूले कहिल्यै सुन्न चाहेनन्, कहिल्यै गम्भीरतापूर्वक लिन चाहेनन् ।’ संसद् भवनको सुरक्षाभन्दा बच्चाहरूको ज्यान ठूलो हो भन्ने प्रश्न गर्दै उनले भवन जोगाउन हत्या गर्ने अपराध सरकारद्वारा भएको बताएका छन् । ‘संसदमा बसेर चुप लाग्नु या यस्ता गलत नीतिहरूलाई मौन समर्थन गर्नु मेरो पुस्ता, मतदाता र मेरो देशको भविष्यसँग ठूलो विश्वासघात हुनेछ भन्ने दृढ विश्वासका साथ, मैले यो निर्णय गरेको हुँ,’ उनले लेखेका छन् ।

‘सांसद मेरो लागि मात्र पद होइन, नागरिकको आवाज प्रतिनिधित्व गर्ने माध्यम हो तर जब त्यो आवाज नै दबाइयो र सरकारले नागरिकप्रतिको प्रतिबद्धता तोड्यो, त्यस्तो संसद्‌मा बसिरहनु मेरो लागि अब सम्भव रहेन,’ उनले भनेका छन् ।
अब आफू प्रदर्शनमा रहने उनको भनाइ छ । ‘म अब सडकमा उत्रेर जेनजी पुस्ता, आफ्ना नागरिक र सत्यका पक्षमा लड्न प्रतिबद्ध छु,’ उनले लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण
आजको मौसम: कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
एनपिएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
माओवादी र समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय
कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको पूर्वानुमान
बाराको पथलैयामा बसभित्र ६ किलो चाँदीका गहना बरामद
मतदाता सूचीमा नाम लेखाउने समय अब १ दिन बाँकी
प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह