ललितपुरको झम्सीखेलमा गोली चल्यो
सारांश
- २६ मंसिर, ललितपुर ।
- ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ ।
- नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।
२६ मंसिर, ललितपुर । ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ ।
नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।एसपी रवीन्द्र रेग्मीका अनुसार एकजना लागूऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भएका अविनाश राई रहेका छन् । घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनको साथबाट पेस्तोलसहित लागूऔषधसमेत बरामद गरिएको रेग्मीले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया