सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २० भदौ,सिन्धुली ।
  • सिन्धुलीको कमलामाई नगरपालिका ९ बेथाचौडी नजिक ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
  • एकजना घाइते भएका छन् ।

२० भदौ,सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालिका ९ बेथाचौडी नजिक ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । आज बिहान ६ बजेको समयमा बागमती प्रदेश ०१–००६८ ९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ४६ वर्षका भुवन भुजेलको मृत्यु भएको हो । उनको उपचारको क्रममा बिहान सात बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

स्थानीय ६४ वर्षीय टेकप्रसाद दाहाल घाइते छन् । उनको टाउको र छातिमा चोट लागेको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भई सडक किनारमा रहेको लोकनाथ गौतमको घरमा आड लागेर कोल्टे परेको छ । घरका मानिसहरु सुरक्षित छन् । तर घरको गारोले थिचिएर २० वटा कुखुरा मरेका छन् । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?