दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • २० भदौ, काठमाडौं ।
  • दाङमा खसी कप फुटबल खेल्ने क्रममा खुकुरी प्रहार भएको छ ।
  • खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

२० भदौ, काठमाडौं ।

दाङमा खसी कप फुटबल खेल्ने क्रममा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङको तलसीपुर उपमहानगरपालिका–५ बसपार्क बस्ने १९ वर्षीय नवीन राना, तुलसीपुर–६  गोखौराका १८ वर्षीय बसन्त परियार, सोही ठाउँका १८ वर्षकै राजेश परियार, १८ वर्षीय नवीन सुनार र १८ वर्षीय जीवन विक छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो । तुलसीपुरका डीएसपी अनिल ठकुरीकाअनुसार १९ भदौमा तुलसीपुर–६ को महेन्द्र मावि पछाडिको चौरमा खसी कप फुटबल प्रतियोगिता भएको थियो । श्री सेन्टर माविका विद्यार्थीले फुटबल खेल्ने क्रममा विनोद विक र वसन्त परियारबीच आपसमा झगडा भएको थियो ।

खेल सकिएपछि वसन्त परियार समूहका मान्छेले राति साढे १० बजेतिर स्याउलीबजार स्थित बाटोमा अर्को समूहका व्यक्तिलाई खुकुरी प्रहार गरेको आरोप छ ।खुकुरी प्रहारबाट आयुष विक, विनोद विक, प्रवेश योगी घाइते भएका छन् । घाइते आयुष र विपिनको नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालमा उपचार भएको छ । खुकुरी प्रहार गरी रक्षाचौरस्थित जंगलमा लुकेको अवस्थामा पक्राउ परेकाहरूबाट प्रहरीले १ थान खुकुरी, खुकुरीको दाप र फुटेको हेल्मेट बरामद गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अबैध पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी गर्ने दुई जना पक्राउ
गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी
नेपालले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने
प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
करेन्ट लागेर चालकको मृ*त्यु : क्षतिपूर्तिको माग गर्दै रसुवा सडक खण्ड बन्द
ईश्वरपुरमा बालविकास केन्द्र भवनको शिलान्यास
महिला यू-१९ एसिया कपको ‘सुपर-४’ मा नेपाल आज श्रीलंकासँग भिड्दै
दुर्गा प्रसाईँका १० जना समर्थक पक्राउ
नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह