प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र १८, २०८२
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • १८ भदौ, काठमाडौँ ।
  • प्रधान सेनापति अशोक राज सिग्देलले पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
  • भदौ ९ गते उपरथी दर्जामा पदोन्नति पाएका सहायक रथी भोला नाथ थापालाई आज जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

१८ भदौ, काठमाडौँ ।

प्रधान सेनापति अशोक राज सिग्देलले पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। भदौ ९ गते उपरथी दर्जामा पदोन्नति पाएका सहायक रथी भोला नाथ थापालाई आज जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। पदोन्नतिसँगै थापा निरीक्षणाधिकृतमा नियुक्त भएका छन्।

त्यस्तै, प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई पनि सहायक रथी दर्जामा पदोन्नति भएको अवसरमा प्रधान सेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरे। कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथी, अधिकृत तथा पदोन्नति भएका अधिकृतका परिवारजनहरूको उपस्थिति थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माओवादीको माग
सुत्केरी महिलाको मृत्यू भएपछि अस्पतालमा तोडफोड
विभिन्न पार्टी परित्याग गरि ५५ जना जनमत पार्टीमा प्रवेश
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ
प्रधानमन्त्री सुशीला कार्कीले ४४ देशका राजदूतसँग छलफल गर्दै
अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी
कैलाली र झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
वामदेवको दाबी– ‘आगामी निर्वाचनमा हामी दुई तिहाइ बहुमत ल्याउँछौँ’