पहिरोका कारण अवरुद्ध कोदारी सडक भोलि बेलुकासम्म खुल्छ : सडक विभाग

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र १६, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • १६ भदौ, काठमाडौँ ।
  • अरनिको राजमार्ग अन्तर्गत कोदारीमा पहिरो जाँदा अवरुद्ध बनेको सडक मंगलबार बेलुकासम्ममा खुल्ने सडक विभागले जनाएको छ ।
  • सडक डिभिजन चरिकोटले अवरोध हटाउने कार्य तीव्र गतिमा गरिरहेको विभागले जनाएको हो ।

१६ भदौ, काठमाडौँ ।

अरनिको राजमार्ग अन्तर्गत कोदारीमा पहिरो जाँदा अवरुद्ध बनेको सडक मंगलबार बेलुकासम्ममा खुल्ने सडक विभागले जनाएको छ । सडक डिभिजन चरिकोटले अवरोध हटाउने कार्य तीव्र गतिमा गरिरहेको विभागले जनाएको हो ।

‘सडक डिभिजन चरिकोटको टोली कोदारीतर्फ अघि बढ्दै अवरोध हटाउने कार्य गरिरहेको छ र घट्टेखोला क्षेत्रमा मलबा (सडकमा खसेका ढुंगामाटो) सफा गर्ने कार्य प्रारम्भ भइसकेको छ,’ विभागले भनेको छ, ‘भोलि बेलुकासम्म सडक सुचारु गर्ने गरी कार्य अघि बढाई रहेको छ ।’

गत साउन १८ गतेदेखि अवरुद्ध भएको यो सडक मर्मत पछि भदौ ५ गतेदेखि चालु भएको थियो । फेरि अविरल परेको वर्षाका कारण भदौ ८  गते यता पूर्ण रूपमा  अवरुद्ध बनेको छ । जसकारण अहिले तातोपानी नाका हुँदै आउने वस्तु बोकेका करिब १५ सय कन्टेनर रोकिएका छन् ।  कुहिने फलफूललगायतका वस्तु भरियाको सहायताबाट आयात गरिरहेको व्यवसायीहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको दाबी : पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनायो
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्ने
इटहरीले उपमहानगरले सुरु गर्‍यो नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग भेटवार्ता
बाराकाेमा बसको ठक्करबाट माेटरसाइकलमा सवार दुई जनाकाे मृ*त्यु
धरानमा सशस्त्र प्रहरीद्वारा १९० किलो गाँजा बरामद
जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृ*त्यु