कञ्चनपुरमा सशस्त्रको बीओपीमा पस्यो बाढी

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र १६, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १६ भदौ, कञ्चनपुर ।
  • भारी वर्षाले कञ्चनपुरमा सशस्त्र प्रहरी बलका बोर्डर आउट पोष्ट (बीओपी) डुबानमा परेको छ ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार दुई वटा बीओपीमा बाढी पसेको हो ।

१६ भदौ, कञ्चनपुर ।

भारी वर्षाले कञ्चनपुरमा सशस्त्र प्रहरी बलका बोर्डर आउट पोष्ट (बीओपी) डुबानमा परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुई वटा बीओपीमा बाढी पसेको हो ।  दोधाराचाँदनी नगरपालिका– ७ कञ्चनभोज र १० सुन्दरनगरमा रहेका बीओपीमा बाढी पसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । उनका अनुसार जोगबुढा नदीको बाढी बीओपीमा पसेको हो ।

`सुन्दरनगर बीओपीमा कार्यरत सशस्त्र प्रहरीलाई ओमकार विद्यालय र कञ्चनभोज बिओपीका विस्थापित सशस्त्र प्रहरीलाई शहरी खोप केन्द्रमा सारिएको छ´, डीएसपी बोहराले भने । दोधारा चाँदनी नगरपालिका–८ को रामपुरे टापुका २५ र वडा नम्बर ३ को पटेराखल्लाका १५ परिवार बाढीले विस्थापित भएका छन् । ‘रामपुरे टापुका २५ परिवारका ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा राखिएको छ’, डीएसपी बोहराले भने, ‘पटेराखल्लाका १५ परिवारलाई जमुना आधारभूत विद्यालयमा सारिएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
प्रधानमन्त्रीसँग शुक्रबार प्रत्यक्ष प्रश्नउत्तर हुने
राज्यका सबै संरचनामा अपांगता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ: राष्ट्रपति
काठमाडौँसहित देशका विभिन्न ठाउँमा एकैदिन ८ व्यक्ति मृत फेला, ७ जना पुरुष
सहकारी ठगी प्रकरण: काठमाडौंमा रविको बयान सकियो, भोलि पोखरा पठाइने
काठमाडौं महानगर एक्सनमा : राजधानीको सबै डिजिटल बोर्ड हटाउन सुरु
संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो । जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
हल्ला मात्रै हो, राजतन्त्र फर्किने कुनै माहाेल छैन: देउवा