सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

nepaltathya_news nepaltathya_news
|
शनिबार, भाद्र १४, २०८२
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • १४ भदौ, काठमाडौं ।
  • पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बाँदरेमोडस्थित सडक अवरुद्ध भएको छ ।
  • सडकमा सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो ।

१४ भदौ, काठमाडौं ।

पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बाँदरेमोडस्थित सडक अवरुद्ध भएको छ । सडकमा सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो । अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको  छ।

अस्थायी प्रहरी पोष्ट जवाङखोला, प्रहरी चौकी जोगिमा र इलाका प्रहरी कार्यालय गजुरीको टोली पहिरो पन्छाउन खटिएको छ । सडक अवरुद्ध हुँदा गन्तव्यका लागि छुटेका यातायातका साधन अलपत्र परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?