डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु, ४ जना घाइते

nepaltathya_news nepaltathya_news
|
बिहिबार, भाद्र १२, २०८२
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीबार बिहान जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
  • से १ ज ७३८ नम्बरको उग्रतारा यातायातको जिप दुर्घटनामा परेर १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको ज्यान गएको हो।

काठमाडौं ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीबार बिहान जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। से १ ज ७३८ नम्बरको उग्रतारा यातायातको जिप दुर्घटनामा परेर १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको ज्यान गएको हो।

घाइतेमध्ये सुशिला विक र चालक रामबहादुर साउदको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । करिब ९:१५ बजे जिप करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन
कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट
आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव सुरु
स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता
पाँचथरको वनमा आगलागी : एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते
बंगलादेशमा विमान दुर्घटना : मृतकको संख्या २७ पुग्यो, १७१ जना घाइते
मलंगवाका सडकमै बालुवा–गिट्टीको डिपो
सुहाङ नेम्वाङले आज सांसदको सपथ लिँदै
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार जवाफ दिने