चितवनमा गैँडाको आक्रमणबाट वृद्धको मृत्यु
सारांश
- १२ भदौ, चितवन ।
- गैँडाको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ ।
- राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका वृद्धको आज गैँडाको आक्रमणबाट मृत्यु भएको हो।
१२ भदौ, चितवन ।
गैँडाको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका वृद्धको आज गैँडाको आक्रमणबाट मृत्यु भएको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार भरतपुर महानगरपालिका–२८ अन्द्रौलीस्थित राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय खेमबहादुर सुनारको गैँडाको आक्रमणबाट मृत्यु भएको हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया