सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्या आरोपी जलेर घाइते अवस्थामा फेला

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र ११, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ११ भदौ, रौतहट ।
  • रौतहटमा सुटकेसभित्र मृत अवस्थामा फेला परेकी रुबि साहको हत्या आरोपी जलेर घाइते अवस्थामा फेला परेका छन्।
  • आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुर नजिकैको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा शरीर जलेको अवस्थामा भेटिएका हुन्।

११ भदौ, रौतहट ।

रौतहटमा सुटकेसभित्र मृत अवस्थामा फेला परेकी रुबि साहको हत्या आरोपी जलेर घाइते अवस्थामा फेला परेका छन्। आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुर नजिकैको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा शरीर जलेको अवस्थामा भेटिएका हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पुर्‍याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गत शनिबार गौर बजार जाने भनेर डेराबाट निस्किएकी २६ वर्षीया रुबि साहको शव शंकास्पद सुटकेसभित्र फेला परेको थियो। सुटकेस डोरीले कसिएको अवस्थामा सडक किनारमा भेटिएको थियो। यस घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै आएकाे थियो। अहिले मुख्य आरोपी घाइते अवस्थामा फेला परेसँगै घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?