भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन् : रास्वपा

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र १०, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली भूमि लिपुलेक नाका खोल्न भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने बताएको छ ।
  • मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै यस विपरितका कार्यले आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त विपरित भएको मानिनेमा रास्वपा स्पष्ट रहेको बताए ।

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली भूमि लिपुलेक नाका खोल्न भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने बताएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै यस विपरितका कार्यले आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त विपरित भएको मानिनेमा रास्वपा स्पष्ट रहेको बताए । नेपालको प्रत्यक्षसहमति बिना भएका सहमति स्वीकार्न नसकिने रास्वपाको धारणा छ ।

विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र भौगोलिक स्वाधीनताको संरक्षणलाई सर्वोच्च दायित्व मान्दछ । नेपाली भू–भागमाथि अन्य देशहरूको कुनैपनि गतिविधि वा सम्झौता नेपालको प्रत्यक्ष सहभागिता र सहमति बिना वैध मान्न सकिँदैन । यस विपरितका कार्य हुन्छन् भने आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त विपरित भएको मानिनेछ भन्नेमा रास्वपा स्पष्ट छ ।’

प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत गर्न रास्वपाले माग पनि गरेको छ । साथै हालैको सम्झौतापछि सरकारले प्रस्तुत गरेको रवैयाप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन् । साथै,विवादहरूको समाधान सत्तापक्ष र प्रतिपक्ष नभई एकमतले कूटनीतिक, शान्तिपूर्ण तर प्रभावकारी माध्यमबाट खोजिनुपर्छ भन्ने अटल सिद्धान्तमा पार्टी प्रतिबद्ध रहेको जनाएका छन् ।

विज्ञप्ति

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्मन्त्री बानियाँ
प्रहरीका पाँच एसएसपी डीआईजी बढुवा सिफारिस, को-को परे ?
बर्षाले कर्णालीका अधिकांश सडक अवरुद्ध
संसद्‌मा अमरेशको उत्तेजक अभिव्यक्ति : बालेनको घर अगाडि कबाडी थुपारौं
बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई तत्काल २ लाख राहत, घाइतेको नि:शुल्क उपचार
संगीतकार एवं गायक गुरुदेव कामतको निधन
जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १४ जना पक्राउ
आजको मौसम : नेपालमा पश्चिम वायुको सामान्य प्रभाव
पूर्वाधार क्षेत्र र बजेट कार्यान्वयनमा चुनौती : निर्माण व्यवसायी महासंघ
देउवा निवासमा संस्थापन पक्षका कांग्रेस नेताहरुको बैठक