संसद् बैठक आज बस्दै, सात विधेयकमाथि छलफल र पारित गर्ने कार्यसूची

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र ६, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • ६ भदौ, काठमाडौं ।
  • सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछन्।
  • प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा, भने राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो ।

६ भदौ, काठमाडौं ।

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछन्। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा, भने राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो । प्रतिनिधिसभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पेस गर्ने छन्। साथै, विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा मन्त्रीहरूले जवाफ दिनेछन्।

कृषि, सूचना प्रविधि, पशु चिकित्सा, र खेलकुदसम्बन्धी विधेयकहरू पनि समितिमा पठाउने प्रस्ताव कार्यसूचीमा छन्। राष्ट्रियसभामा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ छलफल र पारित गर्न प्रस्तुत गर्ने सम्भावना छ भने संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक’ माथि प्रस्ताव पेस गर्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा सात नेपाली वालवालिकाको उद्धार, नेपाल ल्याउने तयारी हुँदै
मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि
सिरहा भन्सार कार्यालयले उठायो लक्ष्यभन्दा बढी राजस्व
उडिरहेको विमानमा यात्रीले केबिनको ढोका खोल्ने प्रयास
मस्को नजिकैको रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनको आक्रमण
महिलासँग जोडिने स्थानीय सरकारको अभियान, सुत्केरीसँग उपाध्यक्ष भेट कार्यक्रम
गोरखामा जिप दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते
भागेका कैदीबन्दीलाई सम्पर्कमा नआए कारबाही हुने विभागको चेतावनी
फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल
कैलाली ५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो स्थानमा