प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट

nepaltathya_news nepaltathya_news
|
बिहिबार, भाद्र ५, २०८२
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक समयमा विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
  • अधिवक्ता वीरेन्द्र केसीले बिहीबार सर्वोच्चमा रिट दर्ता गर्दै ओली अहिले कामचलाउ सरकार प्रमुख मात्र भएको दाबी गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक समयमा विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता वीरेन्द्र केसीले बिहीबार सर्वोच्चमा रिट दर्ता गर्दै ओली अहिले कामचलाउ सरकार प्रमुख मात्र भएको दाबी गरेका छन् । उनले नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न माग गरेका छन् ।

सर्वोच्च अदालत प्रशासनका अनुसार रिट दर्ता भइसकेको छ । यसमा प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय र राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको छ। संविधानको धारा १०० (२) अनुसार सरकारलाई समर्थन गर्ने कुनै दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। तर, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले असार ३१ गते र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले असार २२ गते समर्थन फिर्ता लिएका थिए ।

रिटमा भनिएको छ, ‘समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मतका लागि प्रस्ताव नराखेकाले वर्तमान मन्त्रिपरिषद्को संवैधानिक हैसियत समाप्त भइसकेको छ । संविधानको धारा ७७ (१)(ख) बमोजिम प्रधानमन्त्री र मन्त्रीहरूको पद रिक्त भएको अवस्था हो।’ रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ७६ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्न आदेश दिन माग गरिएको छ । साथै, कामचलाउ सरकार मात्र भएकोले प्रधानमन्त्री ओलीले दैनिक प्रशासनिक काम बाहेक दीर्घकालीन र नीतिगत निर्णय नगर्न/नगराउनुपर्ने मागसमेत राखिएको छ। यस विषयमा शुक्रबार सुनुवाइ हुने गरी पेसी तोकिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
धनुषा निर्माण व्यावसायी संघको अध्यक्षमा दोस्रो पटक चौधरी विजयी
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
काठमाडौंको बालाजुमा १६ महिने बालकको डुबेर मृत्यु
आज शिक्षा समितिको बैठक बस्दै
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
विद्यार्थी संगठनहरु साझा मुद्दा बनाएर सँगसँगै अगाडि बढ्नुपर्छ : मन्त्री पौडेल
सुनसरी दुर्घटनाः मृत्यु हुनेको संख्या पाँच पुग्यो
श्रीमान्‌को हत्या आरोपमा श्रीमतीसहित २ जना पक्राउ
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको श*व ६ दिनपछि फेला