उपसभामुखलाई पदमुक्त गर्ने तयारी अनुपयुक्त : विश्वप्रकाश शर्मा

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र ४, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ४ साउन, काठमाडौं ।
  •   नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्ने तयारीप्रति विमति जनाएका छन् ।
  • सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन जारी रहेकै बेला महामन्त्री शर्माले असन्तुष्टि व्यक्त गरेका हुन् ।

४ साउन, काठमाडौं । 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्ने तयारीप्रति विमति जनाएका छन् । सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन जारी रहेकै बेला महामन्त्री शर्माले असन्तुष्टि व्यक्त गरेका हुन् । रुपन्देही–३ मा १७ कात्तिकमा हुने उपनिर्वाचनमा पार्टीभित्रको आन्तरिक तयारीमा भैरहवामा रहेका शर्माले भने, ‘उपसभामुखको प्रकरणमा म यहीँबाट आफ्नो असहमति जनाइसकेको छु ।’

उपसभामुखले नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेख्नु गम्भीर गल्ती भए पनि उनलाई पदमुक्त गर्न अनुपयुक्त भएको शर्माले बताए । ‘प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश विदेश जाँदा देशको प्रतिनिधित्व गरिरहेका हुन्छन्,’ शर्माले भने, ‘देशको प्रतिनिधित्व गरेर विदेशमा भएको बेला नै हस्ताक्षर जुटाइदिनु भनेको कति सुसंस्कृत कुरा हो ?’ ।

उपसभामुख रानामगर हाल अमेरिकामा छन् । शर्माले पार्टीले संसदीय दलको कार्यालयमा संकलन भएको हस्ताक्षरमा आफूले नगरेको बताए । ‘भैरहवामा पार्टीको काममा व्यस्त छु । मेरो चाहिँ हस्ताक्षर पनि छैन । काठमाडौँ फर्किसकेपछि यो बेठीक भएको छ भनेर छलफलमा पनि राख्नेछु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुर न्युरो हस्पिटल द्वारा दुई युवालाई मृत्युको मुखबाट बचाउन सफल
गभर्नर पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने
  ठूलीभेरीमा टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको श*व फेला
योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?
पानीको ट्यांकीमा डुबेर छ वर्षीया बालिकाको मृत्यु
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
प्रधानमन्त्री प्रचण्ड ल्हासामा, कैलाश मानसरोवर भ्रमण गर्ने
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै
आजको मौसमः पहाडका केहि क्षेत्रमा बदली, मुख्यतया सफा रहने
‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित