कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र २, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
  • कोशी प्रदेश सरकारअन्तर्गतको आन्तरिक राजस्व व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा कार्यालयको उद्घाटन गरिएको हो ।
  • आज आयोजित एक समारोहबीच कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले कार्यालयको उद्घाटन गर्नुभयो ।

 

कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।

कोशी प्रदेश सरकारअन्तर्गतको आन्तरिक राजस्व व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा कार्यालयको उद्घाटन गरिएको हो ।

आज आयोजित एक समारोहबीच कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले कार्यालयको उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले प्रदेश सरकारले अपेक्षाअनुसार राजस्व सङ्कलन गर्न नसकेको परिस्थितिमा सुधार ल्याउन यो कार्यालय स्थापना गरिएको बताउनभयोे । “जनतामा करको बोझ नपर्नेगरी राजस्व सङ्कलनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ कार्यालय सञ्चालनमा ल्याइएको हो,” उहाँले भन्नुभयो ।

मन्त्री रानाका अनुसार कुन–कुन क्षेत्रबाट राजस्व सङ्कलन हुन सकेको छैन भन्ने पहिचान गरी अब कार्यालयमार्फत आवश्यक समन्वय र सहजीकरण हुने बताउनुभयो । उहाँले प्रदेश सरकारले आन्तरिक स्रोत परिचालनमा जोड दिँदै समावेशी र दिगो आर्थिक प्रणाली निर्माणमा ध्यान केन्द्रित गरिरहेको बताउनुभयो ।

समारोहमा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा मोहन सुवेदी, सशस्त्र प्रहरी बल नं ४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
रास्वपाको कार्यवाहक सभापति बन्दै डीपी, स्वर्णिम पनि सहमत
बैतडीमा जीप दुर्घटना : २ जनाको मृत्यु, ४ घाइते
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
अख्तियार आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा २ घण्टा छापा
लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना हुन्छ : गृहमन्त्री
बैंकिङ कसूर मुद्दाका फरार तीनजना प्रतिवादी पक्राउ