देशभित्रै सम्भावना छ, सकारात्मक सोचौँ, रचनात्मक बनौँ : प्रचण्ड

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, श्रावण ३०, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •  ३० साउन, काठमाडौँ ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय स्तरबाटै सृजनात्मक ढङ्गले भएका सम्भावनाहरूको सदुपयोग गरेमात्र देश आत्मनिर्भर बन्न सक्ने बताएका छन् ।
  • शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नै देशमा रोजगारी सृजना गर्नेतिर विभिन्न रूपले गतिविधि बढाउन सबैले सबै ठाउँबाट पहल र प्रोत्साहित गर्नुपर्ने बताए ।

 ३० साउन, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय स्तरबाटै सृजनात्मक ढङ्गले भएका सम्भावनाहरूको सदुपयोग गरेमात्र देश आत्मनिर्भर बन्न सक्ने बताएका छन् । शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नै देशमा रोजगारी सृजना गर्नेतिर विभिन्न रूपले गतिविधि बढाउन सबैले सबै ठाउँबाट पहल र प्रोत्साहित गर्नुपर्ने बताए ।

नेपालको संस्कृति भाषा र देश विकासको संस्कृतिप्रति गर्व गर्ने मानसिकताको विकास नै आजको चुनौतीका रूपमा रहेको प्रचण्डको भनाइ छ । ‘देशभित्रै सम्भावना छ । हाम्रो इतिहास, संस्कृति, जाती भाषा इतिहास, देश विकास र संस्कृतिप्रति गर्व गर्ने मानसिकताको विकास आजको आवश्यकता ठानेको छु’, उनले भने, ‘त्यसकारण सकारात्मक सोच्ने र रचनात्मक काम अघि बढाउने गर्नुपर्छ । यसो गदा विदेश जाने संस्कृतिलाई निरुत्साहित गर्न सकिन्छ ।’

प्राकृतिक र गौरवशाली इतिहासबाट नेपालमा मौलिक विकासको मोडलको मार्गचित्र कोर्दै आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने प्रक्रियाबाट मात्र देशलाई समृद्ध बनाउन सकिने प्रचण्डको भनाइ छ ।  ‘स्थानीय स्तरबाटै सृजनात्मक ढङ्गले सम्भावनाको सदुपयोग गर्‍यौ भने देश आत्मनिर्भर हुन समय लाग्दैन’, प्रचण्डले भने, ‘देशमा राष्ट्रिय अर्थतन्त्रको मोडल विकास गर्नुको साटो विदेश जाने नक्कल गर्ने हाम्रोमा प्रचलन छ, यो दुर्भाग्य हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ