गृह मन्त्रालयले गरे २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आषाढ ३, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ३ असार, काठमाडौं ।
  • गृह मन्त्रालयले २० प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ ।
  • गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट २० प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो ।

३ असार, काठमाडौं ।

गृह मन्त्रालयले २० प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट २० प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो । सरुवा गरिएका प्रमुख जिल्ला अधिकारीमा १५ सहसचिव र ५ उपसचिव छन् ।

गृहले गोरखामा सहसचिव रामुराज कडरिया, भोजपुरमा सहसचिव सुरेश पन्थी, डडेलधुरामा जनार्दन गौतम, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा, रोल्पामा वासुदेव दाहाल, बैतडीमा पुण्यविक्रम पौडेललाई सरुवा गरिएको छ । त्यस्तै सिन्धुलीमा दिनेश सागर भुसाल र डोटीमा बुद्धबहादुर गुरुङलाई पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?