वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, श्रावण १५, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १५ साउन, काठमाडौं ।
  • वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
  •   पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ बस्ने मकवानपुर मनहरी गाउँपालिका-५ घर भएका ३१ वर्षीय अशोक मोक्तान, काठमाडौं तारकेश्वर नगरपालिका-४ बस्ने सल्यान कपुरकोट गाउँपालिका-३ घर भएका ३२ वर्षीय टेकबहादुर घर्ती मगर र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने तनहुँ व्यास नगरपालिका-४ घर भएका ४५ वर्षीय विमल आले रहेका छन् ।

१५ साउन, काठमाडौं ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ बस्ने मकवानपुर मनहरी गाउँपालिका-५ घर भएका ३१ वर्षीय अशोक मोक्तान, काठमाडौं तारकेश्वर नगरपालिका-४ बस्ने सल्यान कपुरकोट गाउँपालिका-३ घर भएका ३२ वर्षीय टेकबहादुर घर्ती मगर र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने तनहुँ व्यास नगरपालिका-४ घर भएका ४५

वर्षीय विमल आले रहेका छन् । पक्राउ परेकामध्ये अशोकले यूएई पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ११ लाख ४० हजार, टेकबहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८ हजार र विमलले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अशोकलाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार तथा टेक बहादुरलाई टोखा नगरपालिका-७ बाट र विमललाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कानुन संशोधन नगरे २०८३ मा फास्ट ट्रयाक बन्दैन : प्रधान सेनापति
मासिक नियुक्ति कार्यान्वयन नहुँदा विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी आन्दोलित
सरकारले भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको छ : प्रचण्ड
पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक रेल ‘हाइज्याक’
नक्कली सुनको मूर्ती बेचेर २१ लाख ठगी, आरोपी पक्राउ
एक वर्षमा नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
सोमबारदेखि बन्दीपुर केबलकार १५ दिन बन्द हुने
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,तीन घाइते