हितेन्द्रदेव शाक्यको दाबी : लोडसेडिङ होइन, सञ्जालले थेग्न नसकेर लाइन गएको हो

nepaltathya_news nepaltathya_news
|
सोमबार, श्रावण १२, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • १२ साउन, चितवन ।
  • नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभर कतै पनि लोडसेडिङ नभएको दाबी गरेका छन् ।
  • सोमबार भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै शाक्यले केही प्राविधिक समस्या र अस्थायी अवरोधलाई लिएर गलत प्रचार भइरहेको बताए ।

१२ साउन, चितवन ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभर कतै पनि लोडसेडिङ नभएको दाबी गरेका छन् । सोमबार भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै शाक्यले केही प्राविधिक समस्या र अस्थायी अवरोधलाई लिएर गलत प्रचार भइरहेको बताए । “पानी नपरेको, गर्मी बढेको, अनि किसानहरूले एकैपटक बोरिङ चलाउँदा सञ्जालले लोड थेग्न सकेन । तर यो लोडसेडिङ होइन, प्राविधिक समस्या मात्र हो”, शाक्यले भनेका छन् ।

उनका अनुसार चितवनमा देखिएको विद्युत समस्या पुरानो र जीर्ण वितरण प्रणाली, साथै अत्यधिक लोडका कारण हो । “सिस्टम पहिल्यै अपग्रेड गर्नुपर्ने थियो, ढिलाइ भयो,” शाक्यले भने, “अब मंगलबार बेलुकासम्म समस्या समाधान हुन्छ । अहिलेको जस्तो अवस्था दोहोरिँदैन ।” लोडसेडिङको तालिका प्रकाशित गर्ने विषयमा उठेका प्रश्नमा शाक्यले भने, “कतिपय स्थानमा सवस्टेशनहरूमा घेराउ र दबाब दिँदा सूचना निकाल्नुपर्‍यो, त्यो लोड व्यवस्थापनका लागि थियो, न कि औपचारिक लोडसेडिङ ।”

शाक्यले किसानहरूलाई साँझ ५ देखि ९ बजेसम्म बोरिङ नचलाउन आग्रह गरिएको तर पालना नहुँदा समस्या गहिरिएको बताए । “तराईका धेरै जिल्लामा यस्तै भएको छ,” उनले जोडे । शाक्य आज चितवनको चनौली र हर्दी सवस्टेशनको निरीक्षणमा छन् । हर्दीमा जडान गरिएको २४ एमभीए क्षमताको ट्रान्सफर्मर सफलतापूर्वक परीक्षण भइसकेको छ, र भोलिसम्म वितरण सुरु हुने उनले जनाएका छन् । उनका अनुसार अब हर्दीबाट भण्डारा, पर्साको चैनपुर, टाँडी लगायत क्षेत्रमा नयाँ ट्रान्सफर्मरबाट सप्लाई गरी, भरतपुरको लोड घटाइनेछ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक स्थलमा राष्ट्रपति : पहिलो भ्रमण भक्तपुरको दरबार क्षेत्र
काभ्रेको पाँचखालमा बस दुर्घटना, ८ जना घाइते
झापामा गोली चल्यो, दुई जना गम्भीर घाइते
ईलाकामा सुरक्षाको अनुभूति दिलाउँदै ईन्स्पेक्टर साह, मुद्दा फर्छौटमा अगाडी
स्यालको आक्रमणबाट रौतहटमा पाँच जना घाइते
बाढीले डाइभर्सन बगाउँदा नवलपरासीमा पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि विभिन्न १८ निकायमा पुग्यो
गृहमन्त्रीलाई रास्वपाको जवाफ– भ्रष्टाचार प्रमाणित भए राजनीति छोड्ने होइन, जेल जाने हो
अनुदान कटौतीप्रति उखु किसानको असन्तुष्टि, सरकारसँग पुनर्विचारको माग
ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारीलाई ७ बुँदे सूचना