राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का

nepaltathya_news nepaltathya_news
|
आइतबार, श्रावण ११, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ११ साउन, काठमाडौं ।
  •   ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले राम्रोसँग संस्था सञ्चालन गर्न नसक्ने विद्युत उपभोक्ताहरूलाई आफ्नो संस्था नेपाल विद्युत महासंघलाई जिम्मा लगाउन आग्रह गर्नुभएको छ ।
  • आईतवार सामूदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले सो आग्रह गर्नुभएको हो ।

११ साउन, काठमाडौं । 

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले राम्रोसँग संस्था सञ्चालन गर्न नसक्ने विद्युत उपभोक्ताहरूलाई आफ्नो संस्था नेपाल विद्युत महासंघलाई जिम्मा लगाउन आग्रह गर्नुभएको छ । आईतवार सामूदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले सो आग्रह गर्नुभएको हो ।

उहाँले नेपाल सरकारले सोही विषयमा आग्रह गरिसकेको र प्राधिकरणले विज्ञप्ति नै प्रकाशित गरेर आग्रह गरेको स्मरण गराउनु भयो । त्यस्ता सस्थालाई संस्थाको रोजगारी, लगानी, हिसावकिताव सबै प्राधिकरणको जिम्मा लगाउन उहाँको सुझाव छ ।उहाँले भन्नुभयो, ‘सामुदायिकीका साथीहरूले पनि आफ्नो दैनिकीमा परिवर्तन गर्न सक्नुपर्छ, लाग्नुपर्छ । हिजोको आवश्यकता थियो, त्यसमा सरकारले उच्च सम्मान गरेकै छ, अब त्यही कुरामा चल्न नसक्ने भयो भने ? धेरै साथीहरूलाई हामीले आग्रह गरेका छौँ । प्राधिकरणले पनि आग्रह गरेजस्तो लाग्छ नोटिस नै निकालेर ।

ज–जसले चलाउन सकिरहनुभएको छैन, उहाँहरूले प्राधिकरणलाई जिम्मा लगाउँदै जानुस् । के छ त्यहाँको हिसाव किताव ? के छ साथीहरूको रोजगारीका कुराहरू ? त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ, त्यतातिर लाग्नुपर्छ ।’ कार्यक्रममा मन्त्री खड्काले सरकारको चाहना देशभित्रै आवश्यक विद्युत उत्पादन गरेर खपत गर्ने र बढी भएको बिजुली निर्यात गर्ने सरकारको चाहनामा साथ दिन महासंघलाई आग्रह गर्नुभयो । त्यसको लागि ठूलो परियोजनामा लगानी गर्न पनि उहाँको आग्रह छ । नेपाल विद्युत उपभोक्ता महासंघमा देशभरका गरी करिब तीन सय संस्थाहरू आवद्ध छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय संसदका चार समितिको बैठक बस्दै
कुशल र आरिफको अर्धशतकमा लुम्बिनीलाई पुलिसले दियो २५० रनको लक्ष्य
मधेश प्रदेशको राजनीतिक अवस्थाका कारण संघीयतामाथि प्रश्न उठ्यो : खगराज अधिकारी
नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे
जनार्दनले मागे प्रचण्डको राजीनामा
पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण
नेपाललाई दोस्रो सफलता, मलेसियाको दुई विकेट गयो
हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली
मकवानपुर र कैलालीबाट ठूलो परिमाणको गाँजा र अफिम बरामद, ७ जना पक्राउ
मर्मत सम्भार गर्न त्रिपालले छोपियो सिंहदरबार