दुर्गा प्रसाईंलाई भेट्न गएका ९ जना पनि पक्राउ

nepaltathya_news nepaltathya_news
|
मंगलबार, मंसिर २, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • २ मंसिर, काठमाडौं ।
  •   मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका ९ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
  • मंगलबार दिउँसो परिसरमा रहेका प्रसाईंलाई भेट्न पुगेका उनका निजी सुरक्षा गार्ड र नागरिक बचाउ महाअभियानका कार्यकर्ता पक्राउ परेका हुन्।

२ मंसिर, काठमाडौं । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका ९ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो परिसरमा रहेका प्रसाईंलाई भेट्न पुगेका उनका निजी सुरक्षा गार्ड र नागरिक बचाउ महाअभियानका कार्यकर्ता पक्राउ परेका हुन्।  परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए।

उनीहरू चढेर गएको गाडी पनि प्रहरीले खानतलासी गरेको छ। ‘उहाहरू अहिले हाम्रो नियन्त्रणमा हुनुहुन्छ। सोधपुछ भइरहेको छ,’ उनले भने, ‘कोही के भन्नुहुन्छ। कसैले के भन्नुहुन्छ हामी बुझ्दैछौँ।’ प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति खलल पुर्‍याउने गरी अभिव्यक्ति दिएको आरोपमा सोमबार राति उनकै निवासबाट पक्राउ गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकामाथि नेपालको सहज जित
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
एकतामात्रै गरेर हुँदैन, पार्टी सुदृढ बनाऔं : नारायणकाजी श्रेष्ठ
बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ जनाको मृ*त्यु
यीहुन्,मन्त्रिपरिषद्को बैठकका २५ वटानिर्णयहरु
बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने
माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु
कोरिया पठाइदिन्छु भनी लाखाैँ ठगी गर्ने चाैधरी पक्राउ
वासना थापा: कर्णालीबाट चुनाव जित्ने पहिलो महिला
उर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशकको भेट