राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ :दुर्गा प्रसाईं

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २७ भदौ, काठमाडौं ।
  • राजावादी अभियन्ता दुर्गा प्रसाईंले देश जोगाउने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको बताएका छन् ।
  • राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्ने उनको प्रस्ताव छ।

२७ भदौ, काठमाडौं ।

राजावादी अभियन्ता दुर्गा प्रसाईंले देश जोगाउने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको बताएका छन् । राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्ने उनको प्रस्ताव छ। यही संविधान जिवित राखेर जेनजी आन्दोलनको औचित्य नरहने प्रसाईंले दावी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘संविधान यही ? संसद यही ? राष्ट्रपति यही ? व्यवस्था यही ? यदि सबै यही हो भने आन्दोलन किन गरियो ? ती कलिला बच्चाको हत्या किन भयो ? ५० खर्वभन्दा बढीको राज्य सम्पत्तिको नाश किन भयो ? जेन–जीका परिवारको आँसु र रगतको हिसाब कसले गर्ने ?’

संसारभरिका सफल आन्दोलनहरूले कहिल्यै पुरानो संविधानलाई मान्यता नदिएको र नयाँ संविधानमार्फतै नयाँ व्यवस्था जन्माएको प्रसाईंले तर्क गरेका छन् । उनी भन्छन्, ‘राष्ट्रपति र संविधान दुवैलाई निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्न सक्नुपर्छ । नत्र हाम्रा पुर्खा र अबोध बालबालिकाको बलिदान रगतले हामीलाई पोल्नेछ । हाम्रो पुस्ता सरापिनेछ, र अन्ततः हामीलाई यो देशमै बसाइ नहुने दिन आउन सक्छ ।’ प्रसाईंले हिजो दिनभर प्रधानसेनापति अशोकराज सिग्देलसँग जंगी अड्डामा वार्ता गरे्का थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन
बालुवाटारमा माओवादीको आकस्मिक बैठक जारी
हेटौंडा उपमहानगरपालिकामा ३२ करोडको क्षति, जलेकै भवनबाट सेवा प्रवाह
पहिरो खसेपछि कुलेखानी–फाखेल सडकखण्ड अवरुद्ध
एमसीसी नेपाल कम्प्याक्टलाई थप ७ अर्ब अनुदान सुनिश्चित, लागत नाघ्यो १ खर्ब
बालेन र सुधनविरूद्ध जाहेरी लिएर प्रहरी परिसर पुग्यो अखिलको टोली
नवनियुक्त स्वास्थ्य सचिव डा.देवकोटाले सम्हाले जिम्मेवारी
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्वीरहरू)
जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
मलंगवा नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न