सिरहा कारागारमा कैदीबन्दीबीच झडप, १३ जना घाइते

nepaltathya_news nepaltathya_news
|
आइतबार, श्रावण ४, २०८२
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • ४ साउन, सिरहा ।
  • सिरहा सदरमुकामस्थित कारागारमा कैदीबन्दीबीच आपसमा भएको झडपमा १३ जना घाइते भएका छन् ।
  • कारागारका नाइके दिपक ठाकुर, मूलनाइके बरुण महतो, चौकीदार विजय महतोसहितका कैदीहरु घाइते भएका हुन् ।

४ साउन, सिरहा ।

सिरहा सदरमुकामस्थित कारागारमा कैदीबन्दीबीच आपसमा भएको झडपमा १३ जना घाइते भएका छन् । कारागारका नाइके दिपक ठाकुर, मूलनाइके बरुण महतो, चौकीदार विजय महतोसहितका कैदीहरु घाइते भएका हुन् । उनीहरुलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याएको छ । अहिले कारागारको अवस्था तनावग्रस्त छ । झडपपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले झडपबारे अनभिज्ञता जनाए ।

उनले भने, ‘ म अहिले भर्खर घाईतेको अवस्था बुझ्न अस्पताल पुगे । यसबारे आधिकारीक जानकारी सीडीओ सा’बबाट लिनुहोला ।’सीडीओ विश्वप्रकाश अर्यालसँग सम्पर्क हुन सकेन । स्रोतका अनुसार कैदीहरूले सुरक्षामा असर पुग्ने भन्दै इँटासहितका समान भित्र लगेका थियो । कारागार प्रशासनले ती सामान बाहिर निकाल्न भनेपनि बाहिर निकाल्ने/ननिकाल्ने विषयमा उनीहरूबीच विवाद बढेको बताइन्छ । कारागारमा कैदीहरू अवैध गतिविधि गरिरहेको भन्दै स्थानीय प्रशासनले शनिबारमात्रै अनुगमन गरेको थियो । २ सयजनाको क्षमताको सिरहा जेलमा ४५८ कैदीबन्दी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गत आ.व.मा ९६.४५ प्रतिशत बजेट खर्च गरेको नेपाल प्रहरीलाई चालु आ.व.का लागि ६० अर्ब ९५ करोड विनियोजन
मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम जाँदै
टी-२० अन्तर्राष्ट्रिय खेलमा शतक पूरा गर्दै नेपाली राष्ट्रिय टोली
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी
खुम्बिलामा हिमपातभित्र हराएका विदेशी पर्यटकसहित ४ जनाको उद्धार
१० दिनका लागि ध्यान गर्न नेपाल आएका आमिर खान ५ दिनमै फर्किए।
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म
ह*त्याको आरोपमा एक जना पक्राउ
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ४ जना पक्राउ