साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै

nepaltathya_news nepaltathya_news
|
शनिबार, श्रावण ३, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ३ साउन, काठमाडौं ।
  •   बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले आज भुटानसँग खेल्दै छ ।
  • डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भेट हो ।

३ साउन, काठमाडौं । 

बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले आज भुटानसँग खेल्दै छ । डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भेट हो । खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा आइतबार बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो ।

त्यस्तै श्रीलंकासँग तेस्रो र चौथो खेलमा समान ७-० गोलअन्तरको जित निकालेको थियो । भुटानले भने हालसम्म नेपालसँग १ खेलमा तथा बंगलादेशसँग २ खेलमा हार बेहोर्दा श्रीलंकालाई हराएको छ । प्रतियोगितामा बंगलादेश ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा छ भने ४ खेलमा ९ अंक भएको नेपाल दोस्रो र ३ अंक मात्र भएको भुटान तेस्रो स्थानमा छ । चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ
दुई दिनमा सेयर बजारले गुमायो ११९ अंक, सबै सूचक ओर्लिए
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित   
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
मधेसको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस 
साफ महिला च्याम्पियनसिप: सेमिफाइनलमा भारतसँग भिड्दै नेपाल
सर्वोच्चमा प्रतिनिधिसभा निर्वाचन रोकथाम माग गर्दै पूरक रिट आज पेसी
दैलेख केन्द्रविन्दु भएर भूकम्प
सुनकोशीमा डुबेका किशोर तीन दिनदेखि बेपत्ता, गोताखोर झिकाइँदै
गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय शर्माको इजलासमा