लागू औषधसहित सुनसरीबाट पाँच जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
शनिबार, श्रावण ३, २०८२
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • ३ साउन, सुनसरी ।
  • सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट प्रहरीले लागू औषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
  • कोशी गाउँपालिका–१ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले शुक्रबार चेकजाँचको क्रममा कोशी गाउँपालिका–२ का ३२ वर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ वर्षीय रञ्जित कुमार यादवको साथबाट ३६ ग्राम ब्राउन सुगर बरामद गरी पक्राउ गरेको हो।

३ साउन, सुनसरी ।

सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट प्रहरीले लागू औषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। कोशी गाउँपालिका–१ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले शुक्रबार चेकजाँचको क्रममा कोशी गाउँपालिका–२ का ३२ वर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ वर्षीय रञ्जित कुमार यादवको साथबाट ३६ ग्राम ब्राउन सुगर बरामद गरी पक्राउ गरेको हो।

यस्तै, इनरुवा नगरपालिका–४ बाट बराहक्षेत्र नगरपालिका–९ का १९ वर्षीय प्रवीण विष्ट र मोरङ बेलवारी नगरपालिका–९ का अमृत तामाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ थान लागू औषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्कले नियन्त्रणमा लिएको छ। त्यसैगरी, अस्थायी प्रहरी चौकी अमरहाट धरानले धरान–१३ बाट मोरङ रंगेलीका रोशन उप्रेतीलाई १० किलोग्राम गाँजा सहित पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार, पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा लागू औषध नियन्त्रण ऐनअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै पार्टी कार्यालय छिर्न पाएनन् तरुण दलका युवा, सुरक्षाकर्मी लगाइयो
नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै, गण्डक ब्यारेजका सबै ढोका खुला
आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
भारतविरुद्ध ४०० किलोमिटरसम्म हान्न सक्ने फतेह मिसाइल तैनाथ
प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले दिए राजीनामा
परम्परागत पनौती जात्राको आज मुख्य दिन
जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा
आजको मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने
दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु