रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा

nepaltathya_news nepaltathya_news
|
शनिबार, श्रावण ३, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ३ असार, काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रास्वपा प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताउनुभएको छ ।
  • शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

३ असार, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रास्वपा प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश रहने तर प्रदेश सभा खारेज गर्ने रास्वपाको नीति रहेको बताउनु भयो । प्रदेश सभामा पुग्ने प्रदेशको स्थानीय तह बनाउने गरी आफूहरु अघि बढिरहेको बताउनु भयो ।

पालिकाहरुको प्रतिनिधि पुगेर प्रदेश सभा गर्ने व्यवस्था गर्ने र त्यसपछि नै एक अर्काले प्रदेश, स्थानीय तहलाई बुझ्ने बताउनु भयो । रास्वपाले संघमा २१ वटा मन्त्रालयबाट १५ मा झार्ने योजनाअनुसार आफ्नो नीति अघि बढाइरहेको बताउनु भयो । विभिन्न कालखण्डमा बनाइएका आयोगहरु खारेज गर्ने पक्षमा रास्वपा रहेको उल्लेख गर्नुभयो ।  सांसद झाले भन्नुभयो, ‘हामी २१ वटा मन्त्रालयबाट १५ मा झार्न चाहन्छौँ । प्रदेश रहन्छ, प्रदेश सभा खारेज गर्न चाहन्छौँ । त्यो प्रदेशको सभामा पुग्ने त्यही प्रदेशको स्थानीय तह । पालिकाहरुको प्रतिनिधि पुगेर सभा गर्दछ । त्यसपछि प्रदेश र स्थानीयको तादम्यता एक अर्काको कोर्डिनेशन झनै

प्रभावकारी हुन्छ । अहिले त एक अर्काले चिन्ने, बुझ्नै चाहँदैन । यसरी हामीले हाम्रो योजना र नीतिहरुको व्याख्या गर्न सक्नुपर्छ । हामी कहाँ खर्च कटौति गर्दछौँ, लगभग ११२ वटा आयोग, नियोगहरु छ । त्यो विभिन्न कालखण्डमा बनाइएको थियो, अहिले पनि त्यसको गाडी चल्ने, पदाधिकारी, कर्मचारी, अफिस खर्च छ । तर त्यसको काम छैन । ११२ वटा बन्द गरिदिने बित्तिकै हाम्रो वार्षिक दुई चार अर्ब बचिहाल्छ ।’सांसद झाले नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुको आफ्नो योजना, सिद्धान्त, रणनीति केही नरहेको र रास्वपाका नेताहरुको जवाफ दिएर बस्ने काम गरिरहेको बताउनु भयो । सत्तापक्षाले संसदमा प्रतिपक्षको खण्डन नगर्ने भन्दै अब सत्तापक्षलाई संसदीय अभ्यास रास्वपाले सिकाउने बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन
लिपुलेकबारे चीनसँग राखेको धारणा ‘रेकर्डेड’ छ, समाधान गर्नुपर्ने त भारतसँग हो: प्रधानमन्त्री ओली
एनपीएलमा जनकपुरको पहिलो जित
ललितपुर ३ : तोसिमा कार्कीको अग्रता कायमै, कांग्रेस दोस्रो
‘कुलिङ पिरियड’मा छेडखानीबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन
पाकिस्तानमा पनि भुकम्पको धक्का
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न मानव अधिकार आयोगको आग्रह
फरार दुर्गा प्रसाईंको सरकारलाई चुनौती: ‘२४ घन्टाभित्र मलाई र राजालाई थुनेर देखाऊ’
सेना- प्रहरीको संयुक्त हुलदंगा र आगलागी नियन्त्रण अभ्यास
मलेसियाविरुद्ध नेपालले पायो १ सय ५ रनको लक्ष्य