स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना

nepaltathya_news nepaltathya_news
|
सोमबार, आषाढ ३०, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ३० असार, काठमाडौं ।
  •   शैक्षिक सत्र २०८२/०८३ को लागि स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना दिएका छन्।
  • स्वास्थ्य तथा विज्ञान प्रविधि मञ्चको आयोजनामा सीटीईभीटी परिसरमा धर्ना दिइएको हो।

३० असार, काठमाडौं ।

 

शैक्षिक सत्र २०८२/०८३ को लागि स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना दिएका छन्। स्वास्थ्य तथा विज्ञान प्रविधि मञ्चको आयोजनामा सीटीईभीटी परिसरमा धर्ना दिइएको हो। सीटीईभीटीले स्वास्थ्य बाहेकका अन्य प्राविधिक कार्यक्रममा भर्ना आह्वान गरेको छ। तर, स्वास्थ्य क्षेत्रमा भने भर्ना अनिश्चित बनेको छ। तत्काल भर्ना खोल्नुपर्ने मागसहित धर्ना दिइएको मञ्चका महासचिव निर्मल सापकोटाले जानकारी दिए।

स्वास्थ्यको कार्यक्रममा भर्ना नखुल्दा विद्यार्थीहरू अन्योलमा छन् । विद्यार्थी, अभिभावक तथा कलेज सञ्चालनहरू अन्योलमा रहेपछि धर्ना दिन पुगेको उनको भनाइ छ।  सीटीईभीटीले यस वर्षदेखि प्रवेश परीक्षाबिनै विद्यार्थी भर्ना गर्न लागेको हो । त्यसका लागि एसईईमा ल्याएको नम्बरका आधारमा भर्ना लिइनेछ। सीटीईभीटीले भने चिकित्सा शिक्षा आयोगले सिट निर्धारण नगरिदिँदा भर्ना खोल्न ढिलाइ भएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोडसेडिङ हटाउने कुलमान घिसिङलाई मन्त्रालयकै नेतृत्व
महायज्ञको उद्घाटन गर्न गहनानक्षेत्र जाँदै सभापति देउवा
कोरोना सङ्क्रमणबाट पोखरामा एक जनाको मृ*त्यु
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्ने
बोरामा प्याक गरेर बागतमीमा शव फालिएको घटनामा थप एकजना पक्राउ
नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता
गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार छौँ : प्रधानमन्त्री
कवाड व्यवसायीले आज महानगरपालिकाको कार्यालय घेराउ गर्ने
विदेश जाने श्रमिकबाट अभिमुखीकरण शुल्क ७ सयभन्दा बढी लिए इजाजत खारेज