भिषण वर्षाले लम्जुङको कारागार भत्कियो

nepaltathya_news nepaltathya_news
|
बिहिबार, श्रावण १, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   १ साउन, लमजुङ ।
  • लमजुङको सदरमुकाम बेसीशहर स्थित जिल्ला कारागारको जीर्ण भवन तथा कम्पाउण्डको मुख्य गेट सहितको पर्खाल भत्किएको छ ।
  • ठूलो पानी परिरहेको बेलामा दिउँसो सो पर्खाल भत्किएको हो दिउँसो भएका कारणले गर्दा कैदी बन्दी भाग्न नपाएको कारागार प्रशासनले जनाएको छ ।

 

१ साउन, लमजुङ ।

लमजुङको सदरमुकाम बेसीशहर स्थित जिल्ला कारागारको जीर्ण भवन तथा कम्पाउण्डको मुख्य गेट सहितको पर्खाल भत्किएको छ । ठूलो पानी परिरहेको बेलामा दिउँसो सो पर्खाल भत्किएको हो दिउँसो भएका कारणले गर्दा कैदी बन्दी भाग्न नपाएको कारागार प्रशासनले जनाएको छ । कारागारको पश्चिमतर्फ रहेको मूल ढोकासहित पर्खाल भत्किन गएको कारागार शाखाका प्रमुख बेनीबहादुर मुक्तान बताए । उनका अनुसार दिउँसो ठूलो पानी परिरहेको बेला बुधबार साँझ करिब पौने ५ बजे पर्खाल भत्किएको हो ।

उनले भने, ‘कैदी र थुनुवालाई प्रवेश गराउने कम्पाउण्डको पर्खालको करिव ३ मिटर चौडाइ भाग भत्किन गएको छ ।’ पर्खाल भित्रबाट बाहिरतर्फ भत्किएको हो । त्यसैले कोही पनि घाइते भएका छैनन् । कारागारको मुख्य प्रवेशद्वार अर्थात ढोकानै भत्किन गएको र सुरक्षा व्यवस्था राम्रो रहेका कारण कुनै पनि कैदी वा थुनुवाले भाग्ने मौका पाएनन् कारागार शाखाका प्रमुख मुक्तानले भने । उनका अनुसार दिउसोको अफिस समयको अन्तिम बेला तिर घट्ना भएको थियो । उनले भने, ‘पर्खाल थप भत्कने हो कि ? भन्ने जोखिम छ ।’ जीर्ण भइसकेको पर्खाल भीषण पानी परेका कारण भत्किएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले पुष्टि गरे । उनका अनुसार भवन जीर्ण छ, त्यसैले पनि पर्खालमा भत्किने समस्या आइरहेको छ । उनले भने, ‘गतका वर्षमा पनि कारागारको पर्खाल भत्किने गरेको थियो ।’ लमजुङ जिल्ला कारागार ग वर्गको कारागार हो । जसको क्षमता १० जना महिला र २५ जना पुरुष गरी ३५ जनाको मात्र छ । तर उक्त जिल्ला कारागारमा तेब्बर भन्दा बढी संख्यामा कैदी र थुनुवा बसिरहेका छन् ।

हाल उक्त कारागारमा यतिबेला छ जना महिलासहित १ सय ८ जना कैदी र थुनुवा रहेको जिल्ला कारागार प्रशासनले जनाएको छ । विसं २०२८ सालमा सो कारागार जिल्ला सदरमुकाम कुन्छाबाट बेसीशहर सरेकै वर्ष निर्माण गरिएको हो । त्यसैले पनि कारागारका पर्खालहरू मात्र नभई सबै संरचना जीर्ण बनेका छन् । मर्मतको कार्य पनि टालटुले पाराको मात्र गर्ने गरिएका कारण समस्या पटक पटक बल्झिने गरेको स्थानीय बताउँछन् । उक्त कारागार भएको स्थान साँघुरो भएको हुँदा त्यसको स्थानान्तरण गर्ने गरी तीन वर्ष अघिनै स्थानीयस्तरबाट पहल गरी नयाँ कारागार निर्माण हुने भनिए पछि आजसम्म त्यसको डिपिआर समेत हुन नसकेको कारागार प्रशासनले जनाएको छ । कारागारको पर्खाल भत्किएपछि कारागार सुरक्षार्थ नेपाल प्रहरीका अतिरिक्त सशस्त्र प्रहरी तथा आवश्यकता अनुसार नेपाली सेना पनि परिचालन गरिने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी
गृहमन्त्री लेखकद्वारा बैतडीको निरीक्षण, प्रहरी भवन निर्माणमा बजेटको प्रतिबद्धता
आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्छ : रामहरि खतिवडा
सुशीला कार्कीका छोराहरु बनेर काम गर्न तयार छौं: खगेन्द्र सुनार
सुनसरीबाट ७८३ किलो गाँजासहित ट्रक नियन्त्रणमा
नेसपाको पदाधिकारी बैठक जारी
अस्ट्रेलियामा तीव्र हावाका कारण एकको मृत्यु, हजारौं बिजुलीविहीन
सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य
युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमण, दश जनाको मृत्यु
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम