सर्लाहीमा जेसिबीले खनेको खाल्डोमा डुबेर ६ वर्षीय बालकको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
बुधबार, आषाढ ३२, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • ३२ असार सर्लाही।
  • सर्लाहीको हरिपुर नगरपालिका–१ जानकीनगर टोलमा निर्माणस्थलमा लापरवाहीका कारण एक बालकले ज्यान गुमाएका छन्।
  • दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादव मंगलबार बिहान घरबाट बेपत्ता भएपछि खोजी गर्दा राति करिब ११:३५ बजे सडक निर्माणको क्रममा खनिएको खाल्डोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

३२ असार सर्लाही।

सर्लाहीको हरिपुर नगरपालिका–१ जानकीनगर टोलमा निर्माणस्थलमा लापरवाहीका कारण एक बालकले ज्यान गुमाएका छन्। दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादव मंगलबार बिहान घरबाट बेपत्ता भएपछि खोजी गर्दा राति करिब ११:३५ बजे सडक निर्माणको क्रममा खनिएको खाल्डोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सडक निर्माण कार्यमा प्रयोग गरिएको जेसीबीले खनेको उक्त खाल्डोमा पानी जमेको थियो, जहाँ बालक डुबेका थिए। शव घरदेखि करिब ५०० मिटर टाढा दक्षिण–पूर्व दिशामा फेला परेको हो। घटना जानकारी लगत्तै इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी निरीक्षक उदय कुमार झाको नेतृत्वमा टोली घटनास्थलमा पुग्यो। शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?