रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आषाढ ३१, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • ३१ असार, काठमाडौं ।
  • उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले रसुवा भोटेकोशी बाढीबाट क्षति पुगेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन समय लाग्ने बताउनुभएको छ ।
  • राष्ट्रिय सभाको मंगलवारको बैठकमा सांसदहरुका जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

३१ असार, काठमाडौं ।

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले रसुवा भोटेकोशी बाढीबाट क्षति पुगेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन समय लाग्ने बताउनुभएको छ । राष्ट्रिय सभाको मंगलवारको बैठकमा सांसदहरुका जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । यो आयोजनाको हेडबक्समा पूर्ण रुपमा क्षति भएकाले केही समय अझै लाग्ने बताउनु भयो । उहाँले बाढीका कारण त्रिशुली नदी करिडोरमा सञ्चालन रहेका केही महत्वपूर्ण जलविद्युत आयोजनाहरु तथा प्रशारण संरचनामा गम्भीर क्षति पुगेको उल्लेख गर्नुभयो ।

६० मेगावाट क्षमता रहेको त्रिशुली ए जलविद्युत आयोजना केही दिनमै सञ्चालन हुने बताउनु भयो । बाढीका कारण करिव २६० मेगावाट विद्युत राष्ट्रिय प्रशारण प्रणालीमा विच्छेद भएको जानकारी गराउनु भयो । मन्त्री खड्काले भन्नुभयो, ‘बाढीका कारण त्रिशुली नदी करिडोरमा सञ्चालन रहेका केही महत्वपूर्ण जलविद्युत आयोजनाहरु तथा प्रशारण संरचनामा गम्भीर क्षति पुगेको छ । जसका कारण करिव २६० मेगावाट विद्युत राष्ट्रिय प्रशारण प्रणालीमा विच्छेद भएको थियो भने सम्भावित आयोजनाहरुमा क्षति पुगेको थियो । ट्रान्समिसन लाइनका २२० केभी, १३२, १३३ केभी क्षमताको त्रिशुली ३ बी सवस्टेशन समेत प्रभावित भएको छ ।

क्षतिमा उल्लेख्य आयोजनाहरुमध्ये चिलिमे त्रिशुली, देवीघाट, सूर्यकुण्ड, बुद्ध भूमि, अप्पर मैलुङ लगायतका कुल ९० मेगावाट क्षमता बराबरका जलविद्युत आयोजनाहरु सञ्चालनमा ल्याइएको छ । ६० मेगावाट क्षमता रहेको त्रिशुली ए जलविद्युत आयोजना केही दिनमै सञ्चालन हुनेकुरा जानकारी गराउँछु । सबैभन्दा बढी क्षति भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना संरचनालाई सञ्चलनमा ल्याउन केही समय लाग्नेछ । हेडबक्समा यसको पूर्ण रुपमा असर भएको छ । पूर्ण रुपले यो क्षति भएको पाइन्छ ।’ मन्त्री खड्काले ट्रान्समिसन लाइनका २२० केभी, १३२, १३३ केभी क्षमताको त्रिशुली ३ बी सवस्टेशन समेत प्रभावित भएको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ