हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ

nepaltathya_news nepaltathya_news
|
शनिबार, आषाढ २८, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • २८ असार, काठमाडौं ।
  • ललितपुर।
  • २०६० सालमा ललितपुरको एक रेस्टुरेन्टमा भएको कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन्।

२८ असार, काठमाडौं ।

ललितपुर। २०६० सालमा ललितपुरको एक रेस्टुरेन्टमा भएको कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन्। प्रहरीले तेह्रथुम स्थायी घर भई हाल काठमाडौँमा लुकिछिपी बसिरहेका ४९ वर्षीय विजयकुमार फोम्बो (लिम्बु) लाई पक्राउ गरेको हो। उनी तेह्रथुमको साबिक खाम्लालुङ गाविस–३ (हाल आठराई गाउँपालिका वडा नम्बर २) का स्थायी बासिन्दा हुन् भने काठमाडौँ महानगरपालिका वडा नम्बर ९ गौशालामा बस्दै आएका थिए।

ललितपुर महानगरपालिका–१४ स्थित टाइटानिक रेस्टुरेन्टमा २०६० साल कात्तिक ९ गते राति करिब ७ः ३० बजे देउसी भैलो खेलिरहेका बेला यो घटना भएको थियो । सो घटनामा ललितपुर उपमहानगरपालिका– १५ खुमलटारका २४ वर्षीय नोरबहादुर राउतलाई मदनबहादुर लिम्बु समेत ७ जनाको समूहले तरबार, रड लगायतका घातक हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए।

उपचारका लागि वीर अस्पताल, काठमाडौँ लगिएका राउतको २०६० साल कात्तिक १० गते मृत्यु भएको थियो। घटनापश्चात् फरार रहेका प्रतिवादीमध्ये विजयकुमार फोम्बो (लिम्बु) कोटेश्वरमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो। महानगरीय प्रहरी परिसर, ललितपुरबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनलाई फेला पारी पक्राउ गरेको हो। पक्राउ परेका फोम्बोलाई आवश्यक कारबाहीका लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता
एक दशकमा पनि पूरा भएन १३ किलोमिटर सडक, यात्रा कष्टकर
पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते (कार्यतालिकासहित)
२ अर्ब ९२ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंकः प्रश्ताव पठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान
वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौँ ठगी गर्ने दुई जना पक्राउ
साफ यू-१७ पुरुष च्याम्पियनसिप नेपाल र श्रीलंका खेल्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
पक्राउ परेको ९ दिनमै मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध मुद्दा दायर
काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब